अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा पदक बिजेता खेलाडीलाई सम्मान

0

बर्दघाट – आइ. टि. एफ. तेक्वान्दो संघ नवलपरासीको आयोजनामा खेलाडीलाई सम्मान गरिएको छ । अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई शनिवार एक कार्यक्रमबीच सम्मान गरिएको हो । बर्दघाट ९ स्थित तनहु रुपाकोट पार्टी प्यालेसमा भएको सो कार्यक्रममा सि जमालुद्दिन शेख सि जमालुद्दिन शेख सिंगापुरमा सम्पन्न अन्तराष्ट्रिय आमन्त्रण आइ. टि. एफ तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक विजेता जमालुद्दिन शेखलाई बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्माले सम्मान पत्रले सम्मान गर्नुभएको थियो । शेखलाई नेपाल मुष्लिम सँघ नवलपरासीले पनि सम्मान गरेको थियो ।

संघका अध्यक्ष करिम दिन शेखले संघको तर्फदेखी सम्मान पत्र र खादा ओडाएर सम्मान गर्नुभएको थियो । यस्तै सो अवसरमा प्रदेश नम्बर ५ स्तरीय प्रोफेशनल तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक विजेता रोशन आले र रजत पदक विजेता सुमन मश्राङ्गी समेत सम्मानित हुनुभएको थियो । यसैविच आइ टि एफ तेक्वान्दो संघ नवलपरासीले जिल्लाका ११ डोजाङ्गका २ सय ६ खेलाडिको पेटि परिक्षा गरेको जनाएको छ । जसमा सेतो पेटीबाट पहेंलोमा ९४ जना, पहेंलो पेटीबाट हरियोमा ६२, हरियो पेटीबाट निलोमा २१ जना, निलो पेटीबाट रातोमा १२ र रातो पेटीबाट रातोकालो पेटीमा ६ जना स्तरोन्नति भएको गरिएको संघका प्रदेश उपाध्यक्ष तथा जिल्ला अध्यक्ष रितमान कामुले बताउनुभयो । कार्यक्रम उद्घाटनमा बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले माध्यमबाट देशलाई नै विश्वमा चिनाउन सकिने र अनुशासनको पनि राम्रो पाठ सिकाउने भएकोले खेलकुदको विकास हुन आवश्यक रहेको बताउनुभएको थियो । उहाँले बर्दघाट नगरपालिकाका धेरै खेलकुदक्षेत्रका नक्षत्र रहको उल्लेख गर्दै भन्नुभयो – यहाँ बिमल घर्ती अमृत चौधरीदेखि जमालुद्दिन शेखसम्मका खेलाडी रहनुभएको छ । यसमा हामीलाई गौरब महसुस भएको छ । सो कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कविराज आचार्य, समाजसेवी शम्भुलाल श्रेष्ठ, नेपाल मुष्लिम सँघ नवलपरासीका अध्यक्ष करिम दिन शेख, लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

You might also like