मेची महाकाली अभियान सफल बनाउन बैठक

0

नवलपरासी ११ फागुन । क्रान्तिकारी माओवादीको मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले थालेको मेची महाकाली अभियानको नवलपुरमा स्वागत र कार्यक्रमको तयारीका लागि नेकपा क्रान्तिकारी माओवादी नवलपुर र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरको संयुक्त वैठक शनिबार बसेको छ । वैठकले १९ गते र २० गत नवलपुरका विभिन्न स्थानमा हुने प्रदर्शनका लागि तयारी गर्न विभिन्न उपसमितिहरु गठन रहेको छ । वैठक उत्तम थापाको अध्यक्षता र अशोक लम्साल अनुकुलको प्रमुख आतिथ्यतामा भएको थियो । वैठकको सञ्चालन देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरका सचिव कल्पना विन्दु गौतमको सञ्चालनमा भएको थियो ।

You might also like