कम्युनिस्ट आन्दोलनका अगुवा श्रेष्ठ रहेनन

0

काठमाडौं : नेपाल कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको शनिबार ८७ वर्षको उमेरमा निधन भएको छ । दिउँसो आफ्नै निवास शङ्खमूलमा उहाँको निधन भएको हितैसी एवं वाम आन्दोलनका अगुवा सोनाम साथीले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि १८ माघमा उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सामान्य सुधार आएको भन्दै श्रेष्ठलाई केही दिन पहिले निवासमा फिर्ता ल्याइएको थियो । उहाँले ‘कम्युनिस्ट घोषणापत्र’, ‘सोभियत सङ्घको कम्युनिस्ट पार्टीको इतिहास’, ‘सम्पत्तिको विकास’, ‘माओ त्से तुङका चुनिएका रचना ९भाग–१०’, ‘लेनिनवादका आधार’, ‘मार्क्सवाद र जातीय सवाल’लगायत मार्क्सवादी पुस्तकको अनुवाद गर्नुभएको थियो । दर्जनौँ मौलिक मार्क्सवादी कृति र दर्जनौँ अनुदित मार्क्सवादी दर्शन साहित्य रचना गरेका श्रेष्ठको ‘कार्ल मार्क्सः व्यक्तित्व र कृतित्व’, ‘ऐतिहासिक भौतिकवाद’ ,‘अतिरिक्त मूल्यको सिद्धान्त’, ‘मार्क्सवाद चिनारी पुस्तकमाला’ जस्ता मार्क्सवादी दर्शनका विभिन्न घटकबारे लेखिएका दर्जनौं कृति छन् । श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताका नेताका नेता श्रेष्ठका श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ ।

You might also like