शहीद स्मृति अस्पतालको साधारणसभा

0

बर्दघाट २५ माघ – बर्दघाट –१४ चौपत्तामा रहेको शहीद स्मृति सामुदायिक अस्पताल विकास केन्द्रको १२ औं बार्षिक साधारणसभा शनिवार भएको छ । सभाले बिगतको समिक्षा गर्दै आगामी कार्ययोजनक समेत पारित गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले अस्पतालले हाल सम्म दिएको सेवा प्रशंनीय रहेको बताउदैं प्रदेश सरकारको तर्फबाट थप सहयोगको पहल गर्ने बताउनुभयो । उहाँले अस्पताल स्थापनाको बेला जनस्तरबाट भएको सहयोगको स्मरण समेत गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व सभासद चिनक कुर्मी , बर्दघाट नगरपालिकाकी उपप्रमुख मायादेवी पौडेल , बर्दघाट नगरपालिका नगर कार्यपालिका प्रवक्ता रविन्द्र बिक्रम हमाल , वडा नम्बर १४का वडाध्यक्ष केशव बहादुर खत्री सत्तारुढ नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद , संस्थाका संस्थापक अध्यक्ष क्षेत्र बहादुर थापा क्षेत्री, सल्लाहकार बृहस्पति अधिकारीलगायतले शुभकामना मन्तब्य राखेको ब्यवस्थापक टिकाराम लुईटेलले जानकारी दिनुभयो ।
साधारणसभामा संस्थाका अध्यक्ष निमानन्द न्यौपाने , कोषाध्यक्ष टिकाराम भण्डारी लेखा संयोजक नाथ्ुराम क्षेत्रीबाट प्रस्तुत प्रतिबेदन पारित गरिएको छ ।

You might also like