जनगणतान्त्रिक मोर्चाको अभियान टोली उत्साहपूर्वक सक्रिय

0

नवलपरासी – नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको मेचीमहाकाली अभियान टिमले प्रदेश नम्बर १ को चार दिवसीय जनजागरण अभियान भव्य रुपमा सम्पन्न गरी प्रदेश नम्बर २ मा प्रवेश गरी प्रदेश २ मा सक्रिय रहेको छ । टोलीले शुक्रवार दिउँसो प्रदेश नम्बर २ मा प्रवेश गरे लगत्तै सप्तरी जिल्लाको राजविराजमा कोणसभा सम्पन्न गरेको थियो । कोणसभालाई देजमो केन्द्रीय अध्यक्ष सीपी गजुरेल र स्थायी समित सदस्य तथा प्रदेश इञ्चार्ज हरिभक्त कँडेल प्रतिकले सम्बोधन गर्नुभयो । कोणसभाको सञ्चालन सीसीएम् मोहन तामाङ गर्नुभएको थियो । राजविराज लगत्तै सप्तरीकै कल्याणपुरमा अर्को कोणसभा सम्पन्न भएको थियो । उक्त कोणसभालाई कृष्णदेव सिंहले सम्बोधन गर्नुभएको थियो । त्यस्तै पश्चिम नेपालमा अभियानका क्रममा मेचीमहाकाली जनजागरण अभियान बर्दियामा पुगेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सचिव परि थापाको नेतृत्वमा रहेको मेचीमहाकाली अभियानलाई बर्दियामा बर्दियाका सेक्रेटरी भूकम्पले स्वागत गरेपछि राजापुर बजारमा कोणसभा सम्पन्न गरिएको थियो । कोणसभापछि अभियान टिमले बर्दियाकै भालुफाँटाको श्रीलंकास्थित भुमरीमा भारतले गरेको सीमा अतिक्रमणको निरीक्षण तथा अबलोकन पनि गरेको थियो ।

You might also like