परमेस्वरले फेरी बचाउनु हुन्छ भन्दै मरेको पाँच दिन सम्म पनि घरैमा लाश राखियो, कुहिएर गन्हाउन थाले पछि बल्ल प्रहरीमा खबर

0

कैलाली साउन २१ ।

धर्मले मानिसलाई कुन स्तर सम्म अन्धो बनाउछ भन्ने कुरा हालै कैलालीमा भएको एक घटनाले देखाएको छ ।
नेपालमा पछिल्लो समय बढिरहेको क्रिश्चियन धर्ममा लागेर परमेश्वरमाथि विस्वास गर्ने र दिलाउनेहरुको कमी छैन । यस्तै परमेश्वरले मरेको मान्छेलाई पनि फेरी बचाउने आशामा एक परिवारले मृत व्यक्तिको लाश लाई पाँच दिन सम्म घरैमा राखेको खुलेको छ । लाश कुहिएर गन्हाउन थाले पछि बल्ल प्रहरीमा खबर भए पछि यसको पुष्टी भएको हो ।
कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखियो । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो । बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो । शक्तिनगर शिविरका अगुवा मोतीराम डगौरा मुटुको बिरामी थिए ।

कोहलपुरमा उपचारपछि घर फर्केका मोतीरामको मृत्यु भएको थियो । मृत्युपछि पाँच दिनअघि थप उपचारका लागि पाष्टरको घर ल्याइएको मोतीरामका २१ वर्षका छोरा ईश्वर डगौराले जानकारी दिए । पाष्टर र धर्मप्रति विश्वासमा परेका ईश्वर सात दिनपछि बाबु उठ्ने विश्वासमा उनी थिए । पाष्टर चौधरी पनि लासमा पसिना आएर गन्ध आएको र लास उठ्ने विश्वासमै थिए तर मङ्गलबार बिहान गन्धले खाना खान नसकी छिमेकीको घरमा गएको बताउछन् । पाष्टर दीपकले टीकापुर नगरपालिका–४ का एक जनाको शरीरमा लागेको घाउ सञ्चो भएको विश्वासमा मोतीरामलाई प्रार्थना गरेर राखिएको बताए ।मङ्गलबार दिउँसो मोतीरामको शरीर हेर्दा सडेर गन्हाइसकेको छ । प्रहरी पुगेपछि ५ बजेतिर शव उठाएर टीकापुर अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

Mirmire online

You might also like