नवलपरासी केरा उत्पादक संघको दोश्रो साधारणसभा

0

नवलपरासी – नवलपरासी केरा उत्पादक संघको दोश्रो साधारणसभा भएको छ । मंगलवार राष्ट्रिय सभाका सदस्य रामलखन हरिजनको प्रमुख आतिथ्यता संघका अध्यक्ष लख्खु यादवको अध्यक्षतामा सम्पन्न भएको हो । साधारणसभामा बोल्दै सांसद हरिजनले कृषकका समस्या समाधान गर्न सरकार अग्रसर रहेको बताउदै सरकारका काम कारवाही तत्काल परिणाममुखी नभए पनि यसको असर छिट्टै नागरिकले गर्न सक्ने हरिजनले दावी गर्दै नवलपरासी जिल्ला केरा खेतीका लागि समेत साम्रो सम्भावना भएको क्षेत्र भएकोले केरा सुपरजोन कार्यक्रम लागु गर्न सकिने बताउनुभयो । साधारण सभामा बोल्दै प्रदेश नम्बर ५ का कृषि, भुमि ब्यबस्था तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाले प्रदेश सरकारले कृषि क्षेत्रमा कुल बजेटको ११ प्रतिशत रकम विनियोजन गरेको बताउनुभयो । कार्यक्रममा नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै १ हजार २ सय ७४ विगाहा क्षेत्रफलमा किसानहरुले केराखेती गरिरहेको बताउनुभयो । कोषाध्यक्ष हरि गोविन्द कोईरीले संस्थाको आय ब्याय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा सुस्ता गाउपालिका प्रमुख रामप्रसाद पाण्डे , प्रतापपुर गाउपालिका प्रमुख राजकुमार शर्मा लगायतका अतिथिहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

You might also like