सानीमा जनरल ईन्स्योरेन्सको आईपिओ आज आउने , कति भर्नु ठीक ?

0

असोज २१ काठमान्डौ ।

जनरल ईन्स्योरेन्स कम्पनीमा ५ लाख बढी आवेदकको हात खाली भएको बेला आज सानिमा जनरल इन्स्योरेन्सको आईपिओ आउदै छ । पछिल्लो समय लगानीकर्ताहरु प्राथमिक बजारमा आकर्षित भएकाले पनि आईपिओमा आवेदन बढीरहेको छ । सानीमा जनरलको आजदेखि २५ असोज सम्म भर्न सकिने गरी ३० लाख कित्ता साधारण शेयर जारी गर्दै छ । प्रति कित्ता सय रुपैयाका दरले पर्ने यो आईपिओमा आवेदन दिनेको संख्या ८ देखि ९ लाखको बीचमा रहने अनुमान गरिएको छ ।
उक्त ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात १ लाख ५० हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । सर्वसाधारणहरुलाई भने २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिएको छ । लगानीकर्ताले न्युनतम १० कित्तामा आवेदन दिन सक्ने छन् ।

पछिल्लो समय घण्टौ लाईन बसेर आवेदन दिनु पर्ने बाध्यताको अन्त्य भएर अनलाईनबाटै सजिलै शेयर भर्न सकिने भएका कारण पनि आईपिओमा आवेदन बढेको देखिन्छ ।

धितोपत्र निस्काशन तथा बाडँफाँड निर्देशिका अनुसार सबैलाई सुरुमा दश(दश कित्ता दिँदै जानु पर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई जम्मा २७ लाख ३० हजार कित्ता मात्र साधारण शेयर रहेका कारण दश कित्ता नियम अनुसार २ लाख ७३ हजार जना लागानीकर्ताले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन् । यसो हुदाँ करबि ९ लाख आवेदक भएमा धेरै आवेदकको हात फेरी पनि खाली हुने निश्चित छ । यस्तो अवस्थामा तपाईले न्युनतम १० कित्ता भर्नु उपयुक्त देखिन्छ ।
आईपीओ असोज २१ गते देखि असोज २५ गते सम्म खुल्ने छ । असोज २५ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि असोज २५ गते सम्मपनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा कार्तिक ६ गते सम्म समय थपिने छ । तर विगतको माहोल हेर्दा असोज २५ गते नै आईपीओ बन्द हुने छ ।..mirmire online

You might also like