एन प्याव्सन खेल सप्ताहको उपाधी देवदह बोडिङ्गलाई

0

देवदह ः रुपन्देहीको बुटवलमा भएको आठांै एन प्याब्सन खेल सप्ताहको उपाधी देवदह बोडिङ्गले जितेको छ । शनिवार सम्पन्न प्रतियोगितामा देवदह इङ्गलिस बोर्डिङ्ग स्कूलले विभिन्न खेलकुदका इभेन्टमा १ सय २३ अंक प्राप्त गर्दै उपाधी हात पारेको हो । यस्तै १ सय २० अंक सहित सुनगाभा इङ्गलिस बोर्डिङ्ग स्कुल द्वितीय भएको छ भने १ सय ८ अंक प्राप्त गर्दै सनमोडल इङ्गलिस बोर्डिङ्ग स्कुलले तृतिय स्थानमा चित्त बुझाएको छ । खेल सप्ताहमा न्यू नमुना इङ्गिलिस बोर्डिङ्ग स्कुलले सान्त्वना स्थान हासिल गरेको छ । यसैबीच खेल सप्ताहकै अवसरमा भएको छात्रा तर्फ भएको भलिवलको उपाधी एक्सीस मावि बुटवल, छात्रातर्फ सगरमाथा आवासिय माविले उपाधी जित्न सफल भएको छ । विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले खेलकुदले विद्यार्थीको चौतर्फी विकास गर्ने भएकाले एन प्याब्सनले विभिन्न समयमा गर्ने खेलकुदका कार्यक्रम सहनिय रहेको बताउनुभयो । एन प्याब्सनका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेल, जिल्ला शिक्षा विकास समन्वय समितिका प्रमुख दिपेन्द्र ढकाल, एन प्याब्सन प्रदेश उपाध्यक्ष विष्णु पौडेल, सहसचिव होमनाथ ढंगाना, अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली लगायतले विजयी विद्यार्थीलाई पुरस्कार वितरण गर्दै विद्यालयमा शैक्षिक सँगै अतिरिक्त कृयाकलापहरुलाई महत्व दिनु पर्ने बताउदै संस्थागत विद्यालयले त्यो जिम्मेवारीलाई पुरा गरेको जिकिर गर्नुभयो ।

You might also like