बुर्तिबाङमा पाँच स्वास्थ्यकर्मीसहित १४ जनालाई कोरोना संक्रमण

0

असोज ५, २०७७ बागलुङ :

बागलुङमा पाँच जना स्वास्थ्यकर्मीसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ढोरपाटन नगरपालिकाले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा बनाएको अस्थायी कोभिड अस्पतालका तीन जना र निजी मेडिकलमा काम गर्ने दुई जना स्वास्थ्यकर्मीसहित १४ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये दुईजना नगरपालिकाका कर्मचारी, एक जना नेपाल बैंक बुर्तिबाङ शाखाका कर्मचारी, दुई जना होटल व्यवसायी र अर्का एक जना इलेक्ट्रिक पसल गर्ने व्यवसायी हुन्। बाँकी सबै भारतबाट आइ क्वारेन्टाइनमा रहेका व्यक्ति भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमितमध्ये ७ जना पुरुष र ७ जना महिला हुन्।

भदौ १७ गतेको बाढी-पहिरोपछि ढोरपाटनमा राहत लिएर जानेहरूको ठुलो भीड लाग्ने गरेको छ। भीडभाड धेरै भएको र कार्यालयदेखि स्वास्थ्य संस्थामा समेत संक्रमित भेटिएपछि कन्ट्याक ट्रेसिङमा समेत समस्या हुन सक्ने संक्रमित स्वास्थ्यकर्मीहरू बताउँछन्। गण्डकी प्रदेशमा सोमबार बिहान ३८ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १४ जना बागलुङका हुन्‌ भने बाँकी तनहुँका १७ जना, गोरखाका १ जना, कास्कीका ४ जना र स्याङ्जाका २ जना रहेका छन्। संक्रमित सबैलाई आइसोलेसन लैजाने तयारी छ। यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार ७ सय ७८ पुगेको छ।….Thaha khaber

You might also like