बर्दघाट हुदै बरुवा त्रिवेणी -सडक १५ कि.मी.७० भाडा रुपैयाँ

0

बर्दघाट – परासी नवलपरासीको बर्दघाट बरुवा हुदै त्रिवेणी जाने सडकखण्डमा संचालन हुने सवारी साधनहरुले बढि भाडा असुल्ने गरेको यात्र्ुले गुनासो गरेका छन । सो सडक पहिला कच्ची बाटो हुंदा लाग्ने भाडा बाटो पुर्ण रुपमा कालोपत्रे भैसक्दा पनि भाडा नघटाएको यात्रुहरुको भनाई छ । आफुहरुले पटक पटक अनुरोध गर्दा पनि गाडिवालाले भाडा समायोजन नगरेको भन्दै सो सडक भएर यात्रा गर्ने यात्रुले गुनासो गरेका हुन । बर्दघाटदेखि महलबारी करिव १५ किलोमिटर पक्की सडकमा यात्रुले ७० रुपैयां भाडा तिर्न बाध्य भएको बताएका छन् उता बर्दघाट गोपीगञ्ज, बेलाटारी हुदै कुडिया सम्म यात्रा गर्ने यात्रुले भने करिव १९ किलोमिटर दुरीमा ६० रुपैया भाडा तिर्ने गरेका छन । करिव ४ किलोमिटर दुरी कम पर्दा उल्टै १० रुपैयां गाडिभाडा महङ्गो तिर्नुपरेको यात्रुहरुको भनाई थियो । भाडा दर महङ्गो हुंदा दैनिक रुपमा आवतजावत गर्ने यात्रुहरुलाई निकै मर्का पर्ने गरेको छ । आफुहरुले पटक पटक गाडिवाला संग भाडा घटाउनका लागि आग्रह गरे पनि भाडा नघटाउदा आफुहरु मर्कामा परेको भन्दै महलबारीका स्थानियले उचित भाडादर कायम गर्नका लागि सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन । सडक पूर्ण रुपमा पक्कि भैसकेपछि पनि कच्चि सरह भाडा अठाउन जायज नहुने स्थानीय राम किसुन महतोले बताउनुभयो । स्थानीयले तत्काल भाडा समायोजन नभए संघर्षमा उत्रिने बताएका छन ।

You might also like