साहित्य परिषद नवलपरासीको अध्यक्षमा डा. न्यौपाने

0

नवलपरासीः साहित्य परिषद नवलपरासीको प्रथम अधिवेशन बर्दघाटमा सम्पन्न भएको छ । करिव ६ महिना अगाडि साहित्यकार डाक्टर श्यामप्रसाद न्यौपानेको अध्यक्षतामा गठन भएको तदर्थ समितिले संस्था दर्ताको सम्पूर्ण काम सकिसकेकाले अधिवेशन मार्फत जिल्ला कार्यसमिति चयन गरिएको थियो । परिषद्को जिल्ला अध्यक्षमा पुन डा.श्याम प्रसाद न्यौपाने निर्वाचित हुनुभएको थियो । समितिको उपाध्यक्षमा उत्तमध्वज के.सी , सचिवमा कृष्ण पौडेल सर्मपण , कोषाध्यक्षमा तिलक भट्टराई अन्जान , सह सचिवमा यमजीत मल्ल रहनुभएको थियो । सदस्यहरुमा क्रमश भविश्वर पराजुली, दीर्घनाथ गौतम बांसुरी वीर, कपिलदेव पंगेनी, रामहरी अधिकारी, गिता सापकोटा र दिलिप शर्मा रहनुभएको थियो । नवनिर्वाचित समितिको कार्यकाल ३ बर्षको हुनेछ । साहित्य परिषद नवलपरासीले जिल्ला भित्र साहित्यको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम संचालन गर्दै आईरहेको छ । परिषदले मासिक रुपमा हरेक महिनाको दोश्रो शनिवार घुम्ति रुपमा सासिहत्यकार भेला तथा रचनावाचन कार्यक्रम संचालन गर्दै आईरहेको छ । परिषदले आगामी दिनमा सदस्यता बृद्धि गर्दै जाने र नव प्रतिभाको उजागर संगै पुराना श्रष्टाहरुलाई सम्मान गर्नका लागि विभिन्न कार्यक्रमको आयोजना गर्ने अध्यक्ष डाक्टर श्याम प्रसाद न्यौपानेले बताउनुभएको थियो ।

You might also like