कोरोना अपडेट : प्रदेश -२ मा ६२ जनाको मृत्यु, ९ हजार १७ संक्रमित

0

०९ भदौ २०७७,

महोत्तरी : प्रदेश–२ मा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट हालसम्म ६२ जनाको मृत्यु भएको छ । विभिन्न अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सप्तरीमा ५ जना,सिरहामा ३ जना, धनुषामा ११ जना, महोत्तोरीमा २ जना, सर्लाहीमा ३ जना, रौतहटमा ३ जना, बारामा ७ जना र पर्सामा २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

यस्तै कोरोना संक्रमितको संख्या ९ हजार १७ पुगेको छ। जसमध्ये ७ हजार ७ सय २१ पुरुष र १ हजार २ सय ९६ महिला छन्। हालसम्म ४ हजार २ सय ४५ जना निको भएर घर फर्किएका छन्। प्रदेश २ का विभिन्न स्थानमा समुदायस्तरमान कोरोना फैलिएको जनाइएको छ। सक्रिय संक्रमितको संख्या ४ हजार ७ सय रहेको छ।

प्रदेश २ का सातवटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ। सप्तरीमा ७४७ जना,सिरहामा ३७३ जना, धनुषामा १२ सय ७१ जना, महोत्तोरीमा ११ सय १८ जना, सर्लाहीमा १२ सय ३० जना, रौतहटमा १५ सय ६४ जना, बारामा ७ सय ६ जना र पर्सामा २ हजार २ जनामा संक्रमण देखिएको छ।

Annapurna post

You might also like