आदिवासी जनजातिका मुद्धामा प्रतिबद्ध छौ – जनजाति अगुवा

0

बर्दघाट – आदिवासी जनजाति अगुवाहरुले आदिवासी जनजातिका अधिकार र पहिचान सहितका मुद्धामा प्रतिबद्ध आफुहरु प्रतिबद्ध रहने बताउनुभएको छ । मंगलवार नेपाल आदिवासी जनजाति महासंघ बर्दघाट नगर समितिले आयोजना गरेको बिशेष अन्तरक्रियामा बोल्दै अगुवाहरुले सो कुरा बताउनुभएको हो । कार्यक्रममा प्रमुख अतिथि आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका अभियन्ता डा. ओम गुरुंगले पहिचानका मुद्धामा एकताबद्ध भएर अगाडि बढने समय आएको बताउनुभएको थियो । त्यस्तै अर्का अगुवा अखिल नेपाल आदिवासी जनजाति महासंघका महासचिव नगेन्द्र राईले शासकीय जातिहरुले पहिचानको मेटने गरी अगाडि बढेकोले संर्घषको बिकल्प नरहेको बताउनुभयो । उहाँले राणा पञ्चायत र हरेक शासकका बिरुद्ध जनजातिहरुलाई दलहरुले प्रयोग गरेको बताउदै तर संबिदानमा भने आफुहरुको मागलाई उपेक्षा गरिएको बताउनुभयो । कार्यक्रममा अर्का अगुवा कृष्ण गुरुंगले समेत बोल्नुभएको थियो । कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ बर्दघाट नगर समितिका उपाध्यक्ष इन्द्र रानाको अध्यक्षता सचिव धनबहादुर गुरुंगको संचालनमा गुलाब चौधरीको स्वागत रहेको कार्यक्रममा स्थानीय पत्रका प्रबन्ध निर्देशक रवि पाण्डेले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

You might also like