सरकारी नेकपा कम्युनिष्ट त के बामपन्थी पनि होइन – महासचिव बैद्य

0

नवलपरासी – नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरणले संसदवादी नेकपा कुनै पनि हालतमा कम्युनिष्ट हुन नसक्ने बताउनुभएको छ । सरकारी नेकपा कम्युनिष्ट त के बामपन्थी पनि होइन – नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले आइतवार आयोजना गरेको राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले – केपी ओली र पुष्पकमल दाहालका कारण कम्युनिष्ट आन्दोलनको बदनाम भएको छ – भन्नुभयो नेता बैद्यले सच्चा कम्युनिष्ट पार्टीबीच एकतामा जोड दिदै विप्लव नेतृत्वको नेकपा ,गोपाल किराती नेतृत्वको माओवादी केन्द्र नेकपा मसाल र ऋषि कट्टेलको नेकपाबीच घनीभुत छलफल भएको जानकारी दिनुभयो । हामीले साह्रै मेहनत गरेर एकताको प्रयास ग¥यौ – महासचिव बैद्यले भन्नुभयो – तर सफल भइराखेको छैन हामी अझ मेहनत गर्छौ । उहाँले ४ कम्युनिष्ट पार्टीबीच बृहत एकताको ढोका खुल्लै राखेर संगसंगै धुब्रीकरण अभियान संचालन गर्ने बताउनुभयो । फरक प्रसंगमा नेता बैद्यले विप्लव नेतृत्वको नेकपाले आन्दोलन उठाउने एक्सन भन्दा आर्थिक एक्सन मात्र संचालन गरेर आन्दोलनलाई गौण बनाएको आरोप लगाउनुभयो । उहाँहरुको सत्ता साझेदारी हो – उहाँले भन्नुभयो – विना कार्यदीशा हुने त्यही हो त्यसैले आर्थिक एक्सन मात्र गर्नुभएको छ । उहाँले चारै वटा पार्टीमा एकताका लागि दबाब रहेको समेत बताउनुभयो । उहाँले किराती नेतृत्वको नेकपा ंससंदवाद भन्दा माथि उठन नसकको बताउनुभयो । नेता बैद्यले वैचारिक रुपान्तरणका लागि सबै क्रान्तिकारीहरु तयार हुनुपर्ने बताउनुभयो । कार्यक्रम जिल्ला सेक्रेटरी चोलाको अध्यक्षतामा भएको थियो ।

बैद्य माओवादीको सल्लाहकार संयोजकमा डा. गुरुंङ 

नेकपा (क्रान्तिकारी माओवादी)को नवगठित केन्द्रीय सल्लाहकार समितिको बैठक नवलपरासीको बर्दघाटमा शनिबार सम्पन्न भएको छ । दाउन्ने पार्टी प्यालेसमा सम्पन्न भएको बैठकमा पार्टीका महासचिव मोहन वैद्य‘किरण’को प्रमुख आतिथ्यतामा रहेको थियो । बैठकले सल्लाहकार समितिको संयोजकमा डा.ओम गुरुङलाई चयन गर्दै ३१ सदस्यीय सल्लाहकार समिति निर्माण गरेको थियो । उक्त समितिका सदस्यहरुमा जगत श्रेष्ठ, सुर्यबहादुर नकर्मी, पुष्पगोपाल श्रेष्ठ, कृष्ण श्रेष्ठ, पारसनाथ यादव, शालिकराम भण्डारी, कुमार थापा, ज्ञानेन्द्रमान श्रेष्ठ, निजाम्मुद्दीन, कमल देवकोटा, दिपक केसी, खड्ग मल्ल, मानध्वज श्रेष्ठ, ऋषिराम थारु, माधव खनाल, कुलराज अधिकारी, शर्मा, भुलबहादुर सुनारी, भवानी पाण्डे, इन्द्रध्वज गुरुङ, जयबहादुर शाही, टंक पोखरेल, चुडामणि बराल, उदय बस्नेत, भूमिश्वर कँडेल, पृथ्वी कार्की, डा. सुरेन्द्र खनाल, कृष्ण भण्डारी, डिल्लीजंग गुरुङ, राममणि अधिकारी रहनुभएको जनाइएको छ । सल्लाहकार समितिका जेष्ठ सदस्य इन्द्रध्वज गुरुङको अध्यक्षतामा बसेको पहिलो बैठकले डा. गुरुङलाई चयन गरेपछि डा. गुरुङको अध्यक्षतामा दोस्रो बैठक बसेको थियो । स्याङजाका ८५ बर्षीय गुरुङका माओवादी जनयुद्धका शुरुवाती समयमा माओवादी शिर्ष नेतृत्वलाई सैन्य तालिम दिने मध्येका नेता हुनुहुन्छ । त्यस्तै बैठकले राष्ट्रिय अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलन, वर्तमान परिस्थिति, संगठन, संघर्ष, आर्थिकलगायतका अजेण्डामाथि व्यापक छलफल चलाई पार्टीलाई वस्तुगत परिस्थिति क्रान्तिका लागि अनुकूल रहेकोले संघर्षका कार्यक्रमहरु तर्जुमा गरी देशव्यापी संघर्ष सञ्चालनका लागि सुझाव दिएको छ । ंबैठकले पार्टी कमिटिहरुमा लेवीलाई नियमित गराउन, आर्थिक उत्पादनमा जोड दिन, पार्टीका विचार, दर्शनलाई जनताको घर घरमा पु¥याउन पार्टी प्रकाशनका ग्राहकलाई व्यवस्थित बनाउनु पर्ने, भारत, फिलिपिन्स र टर्की लगायतका देशमा आन्दोलनरत कम्युनिस्ट तथा माओवादी पार्टीहरुसँग भाइचरा सम्बन्ध विस्तारमा ध्यान दिनुपर्नेलगायतका सुझाव दिएको समितिका संयोजक डा. गुरुङले बताउनुभयो । मंसिर ७ गते पश्चिम नवलपरासीको बर्दघाट आएको माओवादी हेडक्वार्टर रुपन्देहीमा १२ देखि १७ गते सम्म हुने केन्द्रीय बैठकको तयारीका लागि घनीरुप तयारी गर्दै आएको जनाइएको छ । केन्द्रीय समितिमा प्रस्तुत हुने प्रतिबेदन तयारी सहित बैठकको अन्तिम तयारी भएको जनाइएको छ ।

You might also like