यस्तो छ क्रान्तिकारी पत्रकार महासंघका कार्यक्रम

0

बुटवल – जेठ १६ र १७ गते बुटवलमा हुने क्रान्तिकारी पत्रकार महासंघको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलनलाई मध्यनजर गर्दै महासंघले प्रदेश पांचका जिल्लाहरुमा सांगठनिक अभियान तीब्र बनाउने भएको छ । सम्मेलनको तयारी तीब्र पार्ने क्रममा महासंघले प्रदेश पाँचको ऐतिहासिक प्रथम भेला दाङको भालुवाङ नजिकै अर्घाखाँचीको शितगंगामा ग¥यो । शुक्रवार सम्पन्न भएको भेलाले पश्चिम नवलपरासीका पत्रकार रवि पाण्डेयको संयोजकत्वमा १५ सदस्सीय प्रदेश संगठन समिति गठन गरेको छ । क्रान्तिकारी पत्रकार महासंघ प्रदेश ५ को भेला दाङको भालुवाङमा सम्पन्न भएको छ ।


उक्त कमिटीका सदस्यहरुमा दामोदर खनाल (अर्घाखाँची), टेकबहादुर मास्की राना (रूपन्देही), शुसिला आचार्य (दाङ), केशव अविरल (गुल्मी), ईश्वरी गैरे (दाङ), विमल आचार्य (कपिलवस्तु), आयुष न्यौपाने (बर्दिया), मानबहादुर कुँवर (रूपन्देही), भरत शाही (बाँके), दिनेश श्रीवास्तव (बाँके) लगायत रहेका छन् । संगठनका केन्द्रीय अध्यक्ष इन्द्र राउतको प्रमुख आतिथ्यता र सल्लाहकार हिरामणि दुःखीको विशेष आतिथ्यतामा सम्पन्न भेला दामोदर खनालको अध्यक्षतामा र रवि पाण्डेको सञ्चालनमा भएको थियो ।
को हुन संयोजक पाण्डेय ?
पश्चिम नवलपरासीको बर्दघाट ४ घर भएका संयोजक रवि पाण्डेय बुटवलका बिभिन्न संचारमाध्यममा पत्रकारिता गर्दै स्थानीय रेडियो हुदै तथा टेलिभिजनको कार्यकारी प्रमुख भएर काम गर्नुभएको थियो । रेडियो दाउन्नेका संस्थापक सहसचिव तथा त्रिवेणी टेलिभिजनको कार्यकारी निर्देशकको अनुभव गर्नुभएको पाण्डेय हाल नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको कोषाध्यक्ष समेत हुनुहुन्छ । कृष्ण बहादुर कार्की संस्थापक रहेको तत्कालिन क्रान्तिकारी पत्रकार संघको दोस्रो भेलाबाट जिल्ला सदस्य हुदै जिल्ला सचिव अबध राज्य समिति सदस्य भई उहाँ क्रान्तिकारी पत्रकार महासंघको पूर्व केन्द्रीय सचिवालय सदस्य समेत हुनुभएको थियो । महेश्वर दाहालको नेतृत्वमा रहेको संघ र पछि कुमार शाह नेतृत्वमा रहेको क्रान्तिकारी पत्रकार महासंघको केन्द्रीय समितिमा काम गर्नुभएका पाण्डेयले हाल आफनै नेतृत्वमा न्यु भिजन मिडिया प्रालि संचालन गर्दै आउनुभएको छ । पाण्डे प्रबन्ध निर्देशक रहेको सो कम्पनीले स्थानीय पत्र साप्ताहिक र स्थानीय पत्र अनलाइन संचालन गर्दै आएको छ ।
रिमाललाई कदर
क्रान्तिकारी पत्रकार महासंघको सो प्रदेश भेलामा जनपक्षीय पत्रकारिताको पक्षमा गरेको योगदानको उच्च मूल्यांकन गर्दै अग्रज पत्रकार प्रेम रिमाललाई सम्मान गरिएको थियो । कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, क्रान्तिकारी पत्रकारका संस्थापक सदस्य तथा सल्लाहकार हिरामणि दुःखी, सचिव रामकुमार श्रेष्ठ लगायतले शुभकामना दिनुभयो ।
सरकार पत्रकार प्रति अनुदार ः रावत
भेलामा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष ईन्द्र रावतले सरकार पत्रकारप्रति अनुदार भएको बताउनुभएको छ । शुक्रवार दाङको भालुवाङमा आयोजित क्रान्तिकारी पत्रकार महासंघ प्रदेश संगठन समितिको प्रथम भेलालाई सम्बोधन गर्दै उहाँले सरकारले संचारलाई अकुंश लगाउने ऐन कानुन ल्याएर पत्रकार र संचारक्षेत्रलाई अकुंश लगाएको बताउनुभयो । साना मिडियालाई झन गाह्रो निति ल्याएको छ – उहाँले सो अवसरका भन्नुभयो –सरकार संचार जगत प्रति नै अनुदार भयो । फरक प्रसंगमा अध्यक्ष रावतले पत्रकार महासंघ सरकारको वकालत गर्दै आएको भन्दै अबको आन्दोलनको नेतृत्व जनपक्षीय पत्रकारले गर्नुपर्ने औल्याउनुभयो । उद्घाटन कार्यक्रममा बरिष्ठ पत्रकार हिरामणी दुखीले जनयुद्धका समयमा जस्तै अहिले पनि सत्ताले बन्देज लगाउन खोज्नु दुखद रहेको बताउनुभयो । उहाँले नेपाल पत्रकार महासंघ सत्ताधारीको भातृ संगठन जस्तै बन्नु दुखद रहेको बताउनुभयो ।
यस्तो छ कार्यबिभाजन
पत्रकार कृष्ण सेन ईच्छुकको स्मृति संगै शुरु भएको भेलाबाट निर्माण प्रदेश समितिको कार्यबिभाजन समेत गरेको छ । राष्ट्रिय सम्मेलन सम्मका लागि गरिएको कार्यबिभाजनबाट जिम्मेवारी पाएका हरुले जिल्ला भेला सम्मेलनका साथै प्रतिनिधि पर्यबेक्षक चयन सम्मका लागि काम गर्नुपर्ने जनाइएको छ । जस अन्तरगत संयोजकले प्रदेशको सम्पुर्ण जिम्मा सहित राष्ट्रिय सम्मेलनका लागि अर्थ ब्यवस्थापन समेत हेर्ने कार्य कार्यबिभाजन भएको छ । केन्द्रीय अर्थ समिति सदस्य समेत रहेका कारण संयोजक रवि पाण्डेयलाई सो जिम्मेवारी दिइएको हो । त्यस्तै दामोदर खनाललाई अर्घाखाँची प्युठान र रोल्पाको समन्वयकारी भुमिका दिइएको छ । त्यस्तै जिम्मेवारी अनुसार टेक मास्की राना र मान बहादुर कुंबर रुपन्देही बिमल आचार्य कपिलबस्तु सुशिला आचार्य र ईश्वरी गैरे दाङ केशव अधिकारीलाई पाल्पा र गुल्मीको संगठज हेर्ने जिम्मेवारी दिएको छ । त्यस्तै बर्दियाका लागि आयुश न्यौपाने र बाँकेका लागि दिनेश श्रीबास्तव र भरत शाहीलाई जिम्मा दिइएको जनाइएको छ ।
ज्ञापन पत्र बुझाउने
त्यस्तै क्रान्तिकारी पत्रकार महासंघ प्रदेश संगठन समितिले पाच प्रदेशका मुख्य मन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउने भएको छ । संचार बिरोधी कानुनको खारेजी तथा समानुपातिक बिज्ञापन निचि लागु गर्नुपर्ने र श्रमजिवी ऐनलगायत बिषय समेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको नवनिर्वाचित संयोजक रवि पाण्डेयले जानकारी दिनुभयो ।
(((((((((((

You might also like