ग्रामीण साकोसद्धारा रजत महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न , सहकारीले ब्यबसायिकतालाई जोड दिनुपर्ने मन्त्री पौडेलको भनाई

0

नवलपरासी १ फागुन – प्रदेश नम्बर पाँचको पूर्वी प्रबेशद्धार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ केन्द्रीय कार्यालय रहेको रहेको ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ औं बार्षिक रजत महोत्सव तथा बिविध सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । ३ दिन देखि रजत बिशेष कार्यक्रम गर्दै आएको ग्रामीण साकोसले आयोजना गरेको रजत महोत्सवमा प्रमुख अतिथिको रुपमा बोल्दै प्रदेश नम्बर ५ सरकारकी कृषि भुमी तथा सहकारी मन्त्री आरती पौडेलले सहकारीले अव उत्पादनको क्षेत्र संगै ब्यबसायिकतालाई समेत जोड दिनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकार नया संरचनाका साथ अगाडि बढेकोले अहिले ऐन तथा कानुनहरु निर्माणको चरणमा रहेको बताउदै जनपक्षीय र सहकारी मैत्री कानुन बनाउन प्रदेश सरकारमा छलफल भैरहेको जानकारी दिन्भयो । साकोसले आफ्नो स्थापनाको २५ औं बर्ष प्रवेशको अवसरमा माघ २८ गते रक्तदान, २९ गते बक्तृत्वकला संगै फागुन १ गते बुधवार विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो । सहकारीले रजत महोत्सवकै अवसर पारेर दुईवटा प्रकाशनलाई बिमोचन गरेको छ । २५ बर्ष अघिदेखिको स्मरण सहित ९० पृष्ठको स्मारिका र ४ पृष्ठको ग्रामीण सन्देश त्रैमासिक पत्रिका सो अबसरमा बिमोचन गरिएको थियो । ग्रामीण सन्देश पत्रिकालाई निरन्तर संचालन गर्ने र त्यसमा सहकारी गतिबिधि समेटिने संरक्षक तथा संस्थाका अध्यक्ष रविन्द्रबिक्रम हमालले बताउनुभयो । कार्यक्रममा बर्दघाट नगरपालिकाकी उपप्रमुख माया पौडेल, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी सघं नेफ्स्कुनका केन्द्रिय महासचिव चन्द्र ढकाल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष माधव प्रसाद गौतम, जिल्ला सहकारी संघका उपाध्यक्ष वृहस्पति अधिकारी, बर्दघाट वडा नम्बर ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाई, संस्थाका पुर्व अध्यक्ष बसन्त कुमार रेग्मी त्रिवेणी सामुदायिक टेलिभिजनका अध्यक्ष भोजराज ढकाल टाईम साकोसका अध्यक्ष रुद्रप्रकाश उपाध्यायलगायतले शुभकामना ब्यक्त गर्नुभएको जनाइएको छ कार्यक्रममा पुर्व पदाधिकारी, कर्मचारी र विभिन्न रक्तदाता र विभिन्न प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो । सोहि अवसरमा विभिन्न स्रष्टाहरुद्धारा आ आफ्नो रचनाहरु गित, गजल, कविता प्रस्तुत गरिनुका साथै सांगितीक कार्यक्रम अन्र्तगत राष्ट्रिय लोक तथा दोहोरी गायक पशुपति शर्माको बेजोड प्रस्तुती रहेको थियो ।

You might also like