नेकपा भित्रको विवाद बारे चीनले दियो चासो, राजदुत होउले भेटिन माधव नेपाललाई

0

असार २२

काठमाण्डौं । अहिले नेकपा भित्रको विवादले उत्कर्षको रुप लिदै गरेका बेला फेरी चनिले चासो दिएको छ ।

अघिल्लो विवादका बेला पनि सक्रिय रहेकी राजदुत होउ यान्छी अहिले फेरी सक्रिय भएको बुझिएको छ ।
चिनियाँ राजदूत हौ यान्छी र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालवीच आईतबार कोटेश्वरमा भेटवार्ता भएको छ ।
पार्टी भित्रको समस्या के हो ? यसले कस्तो रुप लिने हो भन्ने जिज्ञासा राजदुत यान्छीले राखेको स्रोतले बताएको छ ।
कुटनीतिक र मर्यादित भाषामा यान्छीले नेपाललाई पार्टीको आन्तरीक विवाद मिलाएर जान सुझाएको स्रोतको दाबी छ ।
यसअघि विवाद उत्कर्षमा पुग्दा राजदूत हौले अघिल्लो दिन बेलुका प्रधानमन्त्री केपी ओली,भोलिपल्ट नेकपा अध्यक्ष प्रचण्ड र लगत्तै माधव नेपालसङ्ग लामो वार्ता गरेकी थिईन् ।

Mirmire online

You might also like