शुभकामना आदान प्रदान

0

मनिष अधिकारी / नवलपरासी २२ कार्तिक – नेवाःदय दबु बर्दघाट सुस्ता पश्चिम नवलपरासीको आयोजनामा भुमहीमा नेपाल संम्बत बिशेष शुभकामना आदान प्रदान कार्यक्रम विहीवार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रहरीका पुर्व महानिरिक्षक धुब्रबहादुर प्रधानले नेवा समुदायले हीनताबोध नगरी एकताबद्ध भएर पहिचानका लागि संर्घष गर्नुपर्नेमा जोड दिनुभयो ।

 

कार्यक्रममा स्थानीयपत्रका प्रबन्ध निर्देशक रवि पाण्डेले सबै आदिवासी जनजाति तथा नेवाः समुदायको भाषा संस्कृतिका अवस्था नाजुक रहेको भन्दै एकताबद्ध हुन शुभकामना राख्नुभएको थियो ।

नेवाःदय दबु नवलपरासीका अध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षता सल्लाहकार शम्भुलाल श्रेष्ठको स्वागत उपेन्द्रमान प्रधानको संचालनमा भएको कार्यक्रममा समाजसेवी माधवलाल श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।   कार्यक्रममा नेपाल सम्बतले कानुनी मान्यता पाउनुपर्नेमा समेत जोड दिइएको थियो । नेपाल सम्बत ११३९ प्रारम्भ तथा म्ह पुजाको अवसरमा सो कार्यक्रम गरिएको बताइएको छ ।

You might also like