बागलुङमा पहिराले घर पुरिँदा एकको मृत्यु, एक महिला बेपत्ता

0

भदौ २८ गते । बागलुङको जैमिनी नगरपालिका–१ टुनीबोटमा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ ।

टुनीबोटका मणीभद्र उपाध्याको घरमाथिबाट आएको पहिरोले पुरिँदा उहाँकी ६५ बर्षिय आमा लक्ष्मीदेवी पाध्याको मृत्यु भएको हो । पहिरो घर पुरिँदा बेपत्ता उपाध्याको प्रहरी र स्थानीयले खोजी गर्दा मृत अवस्थामा फेला पर्नुभएको थियो ।

पहिरोले पुरिएका मणीभद्र उपाध्या र उहाँकी छोरीलाई सकुशल उद्धार गरेको प्रहरी चौकी कुश्मिसेराका प्रहरी सहायक निरीक्षक दीपक नेपालीले जानकारी दिनुभयो । घरमाथिको सडकमा लगाएको ग्याविन जालीसहित पहिरो खसेको थियो ।

त्यस्तै, जैमिनी नगरपालिका–५ दमेकका पहिरो घर पुर्दा एक महिला बेपत्ता हुनुभएको छ । स्थानीय निलकण्ड पौडेलको घर पुरिँदा उहाँकी ७५ बर्षिय आमा जाल्पादेवी पौडेले बेपत्ता हुनुभएको छ । सात जनाको परिवार मध्य ६ जनाले भागेर ज्यान जोगाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनुभयो ।

अविरल वर्षाको कारण जिल्लाको विभिन्न भागमा पहिरो जाने क्रम रोकिएको छैन । पहिरोे मानवीय क्षतिसँगै भौतिक क्षति समेत गरेको छ । निरन्तरको वर्षाले ग्रामिण सडकहरु क्षतविक्षत भएका छन् ।..Gorkha patra

You might also like