दुर्घटनामा ज्यान गुमाउने ५ जनाको सनाखत

0
नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११, अरुणखोला नजिक आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाउने ५ जनाको सनाखत भएको छ । घटनामा मृत्यु हुनेमा गुल्मीको हस्तिचौर गाउपालिका–२ घर भइ नेपाली सेनाको मोरङ लेटाङ्ग गणमा कार्यरत ३५ वर्षीय तिलक विष्ट, मोरङको सुन्दरचौरका ११ वर्षीय सोहन कार्की, भोजपुरका २७ वर्षका रामजीत राई, सुनसरी घर भइ जिल्ला जनस्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीया अब्दुल अन्सारी र भारत बिहारका विद्यान्नद यादव रहेका छन् ।मृत्यु भएका ६ जना मध्ये थप एक जनाको भने परिचय खुल्न सकेको छैन ।इटहरीबाट भैरहवाकातर्फ आउँदै गरेको लु १ ख ८४५४ नम्बरको बस अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेको थियो ।दसैंमा टिका सकेर आ–आफ्नो गन्तव्यमा हिँडेका यात्रु बसमा खचाखच थिए । प्रारम्भिक अनुसन्धानमा बसका चालक निदाउँदा दुर्घटना भएको देखिएको प्रहरीको भनाइ छ । दुर्घटना भएको बस पश्चिम नेपाल बस व्यवसायी समिति बुटवलको हो ।घाइतेहरुमध्ये १९ जना गम्भीर रहेका छन्।  पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना भएको हो ।मृत्यु हुने अर्का एक पुरुषको नाम, ठेगाना खुल्न बाँकी रहेको छ । दुर्घटनामा परी घाइते भएका ३७ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भई स्थानीय मेडिकलमा उपचाररत छ जना उपचारपछि घर फर्किएका छन् । दुर्घटनामा ५० बढी घाइते भएका थिए। daunnenews
You might also like