दार्चुलाको व्याँसमा नेपाली सेनाको ब्यारेक राख्ने तयारी
दार्चुला ३ असार : सरकारले भारतले अतिक्रमण गरेको दार्चुलाको व्याँस गाउँपालिकास्थित कालापानी क्षेत्रमा नेपाली सेनाको ब्यारेक राख्ने तयारी गरेको छ। भारतीय अतिक्रमणमा परेको व्याँस गाउँपालिकास्थित एक स्थानमा नेपाली सेनाको ब्यारेक राख्ने गरी सम्भाव्यता अध्ययन थालिएको हो। सरकारले २०६७ सालमा स्थापना गरेको अपिनम्पा संरक्षण क्षेत्रअन्तर्गत व्यास गाउँपालिकाभित्र नेपाली सेनाको ब्यारेक राख्ने गरी प्रकृया अघि बढाएको हो। सेनाको ब्यारेक राख्न सम्भावित तीन स्थानको पनि बुधबार दार्चुला पुगेका प्रधानसेनापति पूर्णचन्द्र थापाले अवलोकन गर्ने भएका छन्। नेपाल-भार-(चीन त्रिदेशीय सीमाक्षेत्रमा पर्ने अपिनम्पा संरक्षण क्षेत्रलाई लक्षित गरेर नेपाली सेनाको ब्यारेक राख्न तीनवटा स्थान यसअघि नै हेरिसकिएको थियो। बुधबार दार्चुला पुगेका प्रधानसेनापति थापाले ती स्थानको अवलोकन गर्ने सैनिक स्रोतले जानकारी दिएको छ। अहिले सरकारले व्यास गाउँपालिका-१ छाङ्रूरुको गागामा सशस्त्र प्रहरीको २५ जना टोलीसहितको बोर्डर आउट पोस्ट स्थापना गरिसकेको छ। त्यसैगरी छाङ्रूरुमै नेपाल प्रहरीको चौकी पनि गइसकेको छ। अर्कातिर तिंकरमा पनि प्रहरीको सानो टोली पठाइएको छ। छाङ्रु भारतीय सेना बसेको कालापानीबाट १५ किलोमिटर पूर्वमा रहेको छ। अपिनम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले सेना बस्ने सम्भावित ठाउँबारे अध्ययन भइरहेको बताए। सेनाको ब्यारेक राख्नेबारे कुरा भइरहेको छ। तर टुंगो लागिसकेको छैनु-उनले भने, -सम्भाव्यता अध्ययन भइरहेको छ। तीनवटा स्थानको पहिचान भएको छ। अपिनम्पा संरक्षण क्षेत्रलाई लक्षित गरेर सेना राख्न खोजिएको हो। नेपाली सेना स्रोतले पनि ब्यारेक राख्नेबारे प्रारम्भिक तयारी र सर्भे भइरहेको जनाएको छ। अपिनम्पा संरक्षण क्षेत्रलाई लक्षित गरेर छाङरू, सुनसेरा र राप्लामध्ये एक स्थानमा नेपाली सेनाको ब्यारेक राख्ने तयारी भएको छु, सैनिक श्रोतले भन्यो, ुती स्थानको सम्भाव्यता अध्ययन लगभग सकिएको छ। तर कुन स्थान उपयुक्त हुन्छ भन्ने टुंगो गरिसकिएको छैन।ु व्यास गाउँपालिका पूरै अपिनम्पा संरक्षण क्षेत्र अन्तर्गत पर्दछ। नेपाली सेनाको ब्यारेक राख्न सम्भाव्यता अध्ययन गरिएका स्थान मध्येमा सुनसेर सदरमुकाम खलङ्गाबाट सबैभन्दा नजिक पर्छ। खलङ्गाबाट सुनसेरा पुग्न ४० किलोमिटरको यात्रा तय गर्नुपर्छ। त्यसैगरी राप्ला चाहिँ छाङरू सुनसेराको बीचमा पर्छन्। यी तीनै स्थान महाकाली नदीसँगै जोडिएका भूगोल हुन्। सेनाले राप्लाको दुम्लिङमा हेरेको ठाउँलाई केही उपयुक्त मानेको छ।
भारतीय उपस्थिति :
दार्चुलामै करिब ३७ हजार हेक्टर भूमि अतिक्रण गरेको भारतले नेपाल र चीनको सीमाक्षेत्रमा १० हजारभन्दा धेरै सुरक्षाफौज राखेको छ। भारतले सीमा सुरक्षा बल (एसएसबी) इन्डो-तिब्बतीय बोर्डर पुलिस र भारतीय स्थल सेनासहित १० हजारभन्दा धेरै फौज अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा राखेको छ। भारतले भारतीय स्थल सेनालाई नेपाली भूमि कालापानीमा ब्यारेक नै बनाएर राखेको छ। अर्कातिर धार्चुला र गर्ब्याङमा पनि भारतीय स्थल सेनाको टोली बसेको छ। तर नेपाली र चिनियाँ सीमाक्षेत्र नजिकसम्म चाहिँ इन्डो-तिब्बतीयन बोर्डर पुलिसको बाक्लो उपस्थिति छ।
अपिनम्पा संरक्षण क्षेत्रबारे :
अपिनाम्पा संरक्षण क्षेत्रको स्थापना २०६७ साल असार २८ गते भएको हो। यो संरक्षण क्षेत्रको क्षेत्रफल १९०३ वर्ग किमि छ। यस संरक्षण क्षेत्रले दार्चुलाका तत्कालीन २१ वटा गाविसहरूलाई समेटेको थियो। यो संरक्षण क्षेत्रमा विभिन्न पर्यटकीय स्थल, सामाजिक, सांस्कृतिक, धार्मिक पर्यटनको प्रयाप्त सम्भावना छ। अपिनाम्पा संरक्षण क्षेत्रको पूर्वमा बझाङ, पश्चिममा महाकाली नदीको भारतसँगको अन्तर्राष्टिय सिमाना तथा दक्षिणमा लास्कु र नौगाड खोला छन्। यो क्षेत्रमा मनोरम दृश्यहरु साथै हिमालहरू तालतलैया, जङ्गल, वन्यजन्तु, पन्छी छन्। अपिनम्पा संरक्षण क्षेत्रमा यार्सागुम्बा, पाँचऔले जटामसी लगायतका जडीबुटी पाइन्छ। यहाँ नाउर, झारल, थार र कस्तुरी प्रशस्त पाइन्छ भने हिउँचितुवाको पनि बसोबास भेटिएको छ। थाहाखबरबाट