ट्याक्टर दुर्घटनामा चालकको मृत्युु

0

 

नवलपरासी – पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका वडा ४बर्दघाटेमा आज ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएकोे छ।

दुर्घटना भयपछि गम्भीर अवस्था मा रहेको चालकलाई प्रहरीले पृथ्वी चन्द अस्पताल पठाईपछि अस्पतालले मृतको घोषणा गरेको सरावल गाउपालिका वडा न ७का वडाअध्यक्ष हेयात खा धुनियाले जानकारी दिनु भयो ।

मृत्युु हुनेमा चालक सरावल गाउपालिका वडा न ७भुजहवा बस्ने ३०बर्षिय दिनेश यादव रहेको बताईएको छ। जिल्लाको प्रतापपुर गाँउपालिका वडा नं४को. बर्दघाटे गाउदेखि देखि बसहिया तर्फ जाँदै गरेको लु १त६८८६नम्बर को ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर तिब्र गतिमा रहेको बेला अगाडि को पाङ्ग्राा अचानक पडकेपछि ट्याक्टर अनियन्त्रित हुदा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ। दाउन्ने न्युज

You might also like