फोहोर ब्यवस्थापन तथा सरसफाइ कार्यक्रम
नवलपरासी ३० जेठ : नेपाल कम्युनिष्ट पार्टी पश्चिम नवलपरासीको परिसर वरपर फोहोर ब्यवस्थापन तथा सरसफाइ कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
अनेरास्ववियू नवलपरासीको आयोजनामा नेकपा पार्टी अध्यक्ष भविश्वर तिवारी (आजाद ), नेकपा जिल्ला सदस्य खगेश्वर पन्थि अनेरास्ववियू संयोजक सुसान्त शर्मा घिमिरे ,सह संयोजक विशाल गिरी लगायत अनेरास्ववियू जिल्ला सदस्यहरुको सहभागितामा फोहोर ब्यवस्थापन तथा सरसफाइ गरिएको हो ।
सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा पार्टी अध्यक्ष तिवारी ले अनेरास्ववियू नवलपरासीले निकै उत्कृष्ट काम गर्दै आईरहेको र राष्ट्र राष्ट्रियता को चिन्तन सहित बिद्यार्थीहरुको हक अधिकारको लागि विभिन्न अभियानमा सहभागी हुदै विभिन्न शैक्षिक मुद्दा बोक्दै तमाम रचनात्मक काम गरेको बारे प्रशंसा ब्यक्त गर्नु भएको थियो।
फोहोर ब्यवस्थापन तथा सरसफाइ कार्यक्रममा नेकपा पार्टी अध्यक्ष भविश्वर तिवारी आजाद जिल्ला कमिटी सदस्य खगेश्वर पन्थि लगायत बिद्यार्थी नेताहरुको सहभागीता रहेको अनेरास्ववियू कार्यालय सदस्य निरज पौडेलले जानकारी दिनुभयो ।