रानीनगरमा एन. आई. सी. एशिया बैंकको शाखा रहित सेवा सुचारु

ग्रामीण क्षेत्रका सेवाग्राही लाभान्वित हुने

0

त्रिवेणी – एन.आई.सी.एशिया बैंकले शाखा पुर्वी नवलपरासी बिनयी त्रिवेणी –७ रानीनगरमा शाखा रहित बैकिङ सेवा शुरु गरेको छ ।
विहीवारबाट बैकले सो सेवा शुरु गरेको हो । बैकको ४४ औं शाखा रहित बैकिङ सेवा रहेको छ ।
सेवाको बिनयी त्रिवेणी–६ का वडाध्यक्ष प्रितम बहादुर गुरुंग र ७ का वडाध्यक्ष गोपाल बहादुर क्षेत्रीले संयुक्त उपस्थितिमा सेवा सुचारु गरिएको हो । रानीनगर शाखा संचालनका लागि अनिता थापालाई बैकले प्रतिनिधका रुपमा नियुक्त समेत गरेको जनाइएको छ ।
सेवा विस्तार पछि ग्रामीण क्षेत्रका सेवाग्राही त्यसबाट लाभान्वित हुने बैकले विस्वास लिएको नायव प्रमुख कार्यकारी अधिकृत एंव प्रमुख सुचना अधिकारी सुधिर नाथ पाण्डेद्धारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

You might also like