खेललाई अब स्कूल देखि एथ्लेटिक्स सम्म जोडेर अघि बढ्ने योजनामा–सिलवाल
बर्दघाट – राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले खेललाई अब स्कूल देखि एथ्लेटिक्स सम्म जोडेर अघि बढ्ने योजनामा अघि बढेको बताउनु भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी नवलपरासीले सम्मानका लागि आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
उहांले खेललाई योगासंग समेत जोडेर अघिबढ्न जरुरी रहेको बताउनु भएको थियो । त्यसैगरी युवाहरुलाई आकर्षीत गर्नै मुख्य माध्याम नै खेलकुद् भएकाले आफुले आफ्नो कार्यकालमा नेपालका खेलाडीहरुको भविष्य र खेलक्षेत्रमा नेपालको पहिचानका लागि छुट्टै आयम ल्याउन कटीबध्य भएर लागेको बताउनु भएको थियो । मदन भण्डारी स्पोर्टस एकेडेमी नवलपरासीका अध्यक्ष सुवोध बुढाथोकीको अध्यक्षतामा बर्दघाटमा भएको कार्यक्रममा बोल्दै सदस्य सचिव सिलवालले नवलपरासी जिल्लाले नेपालका लागि फुटवल,भलिवल,क्रिकेट,कवड्डी लगायतका विद्यामा राम्रा खेलाडी दिएको स्मरण गराउदै अब पनि नयां खेलाडीहरु उत्पादनका लागि खेलकुद्को क्षेत्रमा राष्ट्यि खेलकुद परिषद्ले गर्नु पर्ने कुनै काम वा योजनाहरु भएमा लिएर आउन आग्रह गर्दै आफुले आफ्नो तर्फवाट गर्न सक्ने सम्पूर्ण सहयोग गर्नै प्रतिवद्धता जाहेर गर्नु भएको थियो । कार्यक्रममा एकेडेमी रुपन्देही तथा नवलपरासी जिल्लाका विभिन्न तह र तप्कामा रहेका पदाधिकारी,पार्टीका नेताहरु,बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्याल लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन डि.पि श्रेष्ठले गर्नु भएको थियो ।