शैक्षिक अनियमतिताविरुद्ध धर्ना बसेका १७ बिद्यार्थी नेता पक्राउ
नवलपरासी – त्रिवि सेवा आयोगको परीक्षामा भएको अनियमतिताविरुद्ध धर्नामा बसेका अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल सहित १७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
धर्नाको २९ औ दिनमा आन्दोलन प्रति ऐक्यबद्धता बृद्धि हुदै गइपछि नेताहरुलाई पक्राउ गरिएको हो । यस आन्दोलनमा नागरिक अगुवा देखि शैक्षिक तथा राजनैतिक क्षेत्रबाट समेत समर्थन हुदै आएको थियो । आन्दोलनमा दैनिक जसो ऐक्यबद्धता बृद्धि भएसंगै धर्ना बसिरहेका मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीका १७ जना विद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गरेको जनाइएको छ । अनसनमा बसेका विद्यार्थी नेताहरुलाई सोमबार किर्तीपुरस्थित त्रिवि सेवा आयोगको गेटबाट केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल सहित १७ जनालाई प्रहरीले गिरफ्तार गरेको हो । पक्राउ पर्नेमा महासचिव पेशल दाहाल, सचिवद्धय महेश श्रेष्ठ र सुर्य कार्की केन्द्रीय सदस्यहरु जितेन्द्र लम्साल, सोभा सेञ्चुरी, सागर शाही, नरबहादुर कुमाल लगायत रहनुभएको छ । गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी बृत्त कालीमाटीमा राखिएको छ । गिरफ्तार गर्ने क्रममा प्रहरीले हातपात गरेको छ । प्रहरीको कुटाईबाट महेश श्रेष्ठसहित राम नेपाली र कुमार बर्तौला घाईते हुनुभएको छ । विभिन्न माग राख्दै शान्तिपूर्ण रिले अनशनमा बसिरहेका अखिल क्रान्तिकारी नेताहरुलाई २९ औं दिनमा प्रहरीले गिरफ्तार गरेको हो । सो आन्दोलन प्रति ऐक्यबद्धता बृद्धि हुदै गएपनि सरकारले भने त्यसको सुनुवाई गरको छैन ।