मेचीकाली जनजागरण अभियान द्धारा ६ स्थानमा कोणसभा, बर्दघाटमा र्याली सम्पन्न , भोली पत्रकार सम्मेलन
नवलपरासी १९ फागुन ः देशभक्त जनगणतान्त्रिक मोर्चाको मेचीकाली जनजागरण अभियान आइतवार ६ स्थानमा कोण सभा सहित र्याली सहित निकालिएको छ । रुपन्देहीको देवदहस्थित खैरेनीको कोणसभा पछि पश्चिम नवलपरासीको अस्नैया , सुनवलबजार, सदरमुकाम परासी , भुमहीबजार गोपीगंज बजार र बर्दघाटचोकमा र्यालीसहितको कोण सभा भएको हो । यसअघि नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीको अगुवाईमा सुनवल ७ अस्नैयामा देजमो नवलपरासीले भब्य स्वागत गरेको थियो । स्वागत पछि अस्नैयाचोकमा भएको कोणसभामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य पिताम्बर आचार्य र देजमो नवलपरासीका संयोजक राजु प्रसाद खनालले सम्बोधन गर्नुभएको थियो । टोलीले रुपन्देहीको देवदहको खैरेनी चोकमा सम्बोधन पछि अभियानटोली पश्चिम नवलपरासीको सुनवल आइपुगेको थियो । खैरेनीमा नेता परि थापाले सम्बोधन गर्नुृभएको थियो ।
त्यस्तै अस्नैयाँमा कार्यक्रम गरेपछि अभियान टोलीले सुनवलबजारमा भएको कोणसभामा बोल्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हिरामणी दुःखीले नेपालको १० हजार १९ बर्गकिलोमिटर सिमा मिचिंदा शासकहरु नबोलेको बताउनुभयो । कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी छविलाल खरेलले समेत बोल्नुभएको थियो ।
त्यस्तै पश्चिम नवलपरासीको सदरमुकाम परासीको बुद्धचोकमा भएको कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य समेत रहेका नेकपा ( क्रान्तिकारी माओवादी ) मा स्थायी समिति सदस्य परी थापा वर्तमान कम्युनिष्ट भनिएको वर्तमान सरकार काम भन्दा गफ गर्न माहिर रहेको बताउनुभएको थियो । देशभक्त जनगणतान्त्रिक मोर्चाका सचिव समेत रहेका थापाले सरकारको नेतृत्वकर्ता केपी ओलीलाई गफाडीको संज्ञा दिनुभयो कार्यक्रमा नेता मोअिव अलिले समेत सम्बोधन गर्नुभएको थियो । बुद्धचोकको सभामा अखिल क्रान्तिकारीका नेता महेश श्रेष्ठले संचालन गर्नुभएको थियो ।
त्यस्तै अभियान टोलीले भुमहीबजारमा कोणसभामा बोल्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य धनेश्वर पोखरेलले दलाल सत्ताको बिरुद्धमा संर्घषको बिकल्प नभएको बताउनुभयो ।
त्यसैगरी देजमो अभियान अन्तरगत बर्दघाटको चिसापानीबाट र्याली निकालिएको छ । नाराबाजी सहित निकालिएको सो र्याली पछि बर्दघाटमा कोणसभा गरिएको थियो ।
सभामा बोल्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य पिताम्बर आचार्यले दलाल सत्ताका बिरुद्ध संर्घषको पूर्व तयारी स्वरुप अभियान संचालन गरिएको बताउनुभयो । कार्यक्रम जिल्ला सेक्रेटरी छविलाल खरेलको संचालनमा भएको थियो ।
त्यस्तै प्रतापपुरको गोपीगंजबजारमा भएको कोणसभामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हिरामणी दुखी , देजमोका केन्द्रीय सदस्य बृजदेव पाण्डेय र बिनायक कुबर लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन बोल्गा नेपालले गर्नुभएको थियो । त्यस्तै भोली २० गते बिहान ८ बजे बर्दघाट २ चिसापानीस्थित चिसापानी सामुदायिक वन समुहको हलमा प क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य परि थापा संग त्रकार भेटघाट गर्ने कार्यक्रम रहेको देजमो नवलपरासीले जनाएको छ । पत्रकार सम्मेलन पछि अभियानकर्मीहरुको बिदाई हुने र अभियान प्रदेश नम्बर ४ को नवलपुर प्रदेश गर्नेछ । देशको चार स्थानमा शुरु भएको अभियानको फागुन २१ गते चितवनमा समापन हुने जनाईएको छ ।