क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा स्वाधीन संयुक्त सरकारमा जोड

0

नवलपरासी १७ कार्तिक  – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले स्वाधीन संयुक्त सरकारमा जोड दिएको छ ।
देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिका बीच संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकारको पक्षमा संघर्ष उठाउने पार्टीको योजना रहेको छ ।
पार्टीको बर्दघाट नगर कार्यालयको बैठकमा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले स्वाधीन संयुक्त सरकारको योजना लिएर आफूहरु जनतामाझ जाने बताए ।
सो अवसरमा क्रान्तिकारी संयुक्त मोर्चा नेपालका जिल्ला संयोजक चुडामणी भण्डारी, ज्ञानबहादुर केसी र नगर संयोजक राम प्रसाद अर्गेजाले विचार ब्यक्त गरेका थिए । कार्यक्रममा बर्दघाट नगरमा पार्टीको अवस्था र खेल्नुपर्ने भुमिकाको साथै बैचारिक रुपमा प्रशिक्षित गर्ने योजना बारे छलफल भएको पार्टीले जनाएको छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको बर्दघाट नगर समिति १३ सदस्सीय रहेको छ ।
नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(बहुमत)को महत्वपुर्ण हिस्सा र नेकपा (मशाल) बीच एकता महाधिबेशन सम्पन्न गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बनेको हो ।

You might also like