‘अबको विकल्प देशभक्त क्रान्तिकारी जनवादी तथा वामपन्थीको स्वाधीन संयुक्त सरकार’

जेनजी आन्दोलनको मर्म स्विकार गर्न आग्रह, भष्ट्राचार विरोधी अभियानलाई निरन्तरता दिने

0

 

नवलपरासी ६ असोज – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले स्वाधीन संयुक्त सरकारले मात्र देशमा राजनीतिक निकाश दिने बताएको छ ।
पार्टीको आइतवार सम्पन्न जिल्ला सचिवालयको बैठकको बक्तब्य सार्वजनिक गर्दै सो पार्टीले संसदीय व्यवस्थाको विकल्प राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी संयुक्त मोर्चा, देशभक्त, क्रान्तिकारी जनवादी तथा वामपन्थीहरूको स्वाधीन संयुक्त सरकार र जनसंविधानको निर्माण मात्र रहेको बताएको हो ।
अहिले अग्रगामी भन्दा पनि यथास्थितिवादी र पश्चगामी शक्तिकै बीचमा देशको राजनीति घुमेको अवस्था रहेको भन्दै उक्त पार्टीले सचेत रहन सबैलाई आग्रह गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी रवि पाण्डेयद्वारा हस्ताक्षरित बक्तब्यमा आंशिक उपलब्धिको रक्षा गर्दै अग्रगमनतर्फ अगाडि बढन आग्रह गरिएको हो ।
बक्तब्यमा जेनजी आन्दोलनमा सहभागी युवाहरु माथि राज्यले मुद्धा चलाउन थालेको भन्दै जेनजी आन्दोलनको मुलमर्मलाई स्विकार गर्नुपर्नेमा जोड दिइएको छ । बक्तब्यमा थप भनिएको छ – ‘सरकारले छानविन समितिको गठन समेत गरेको सन्र्दभमा हाम्रो जिल्लामा जेनजी आन्दोलनमा सहभागीहरुलाई जेनजी आन्दोलनको मर्म विपरित दबाबमा आएर नियन्त्रणमा लिने कार्य गरिरहेको जानकारी प्राप्त भएको छ । हाम्रो पार्टी पक्राउ गर्ने कार्य तुरुन्त बन्द गर्न र पक्राउ परेकाहरुलाई यथोचित राजनैतिक ब्यवहार गर्दै रिहाईको माग गर्दछ ।’
उक्त बक्तब्यमा भष्ट्राचार विरोधी अभियानलाई निरन्तरता दिने समेत उल्लेख गरिएको छ । यस अघि उक्त पार्टीले बि.स.२०८२ असार ५ गते घोषणा गरेको अभियानलाई एक बर्ष सम्म संचालन गर्ने जनाएको थियो । बक्तब्यमा जेनजी बिद्रोह पछि पनि उही पुरानै संसदवादी यथास्थितिवादी शक्तिहरु हावी हुदै गएको र भष्ट्राचारमा समेत कमी आउने कुनै संकेत नदेखिएको प्रति सचेत रहन जनसमुदायलाई अपिल समेत गरिएको छ ।

 

 

 

You might also like