प्रेस काउन्सिलद्वारा पत्रकार महासंघका जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

0
नवलपरासी २८ असोज । प्रेस काउन्सिल नेपालले नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखालाई सञ्चार सामग्री प्रदान गरेको छ । बुधवार महासंघमा आयोजित कार्यक्रममा काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले उक्त सामाग्री हस्तान्तरण गर्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका भुसालले कोरोना कहरमा पत्रकार तथा संचारमाध्यमले गरेका कार्यहरु प्रशंसनीय रहेको बताउनु भयो । उहाँले त्यसै अनुरुप काउन्सिलले संचारमाध्यम तथा पत्रकारहरुको भुमिका बारे सरकार समक्ष प्रतिबेदन दिएको बताउदै मोफसलका रेडियो टेलिभिजन तथा पत्रपत्रिकाहरुको अवस्था निकै नाजुक रहेकोले कोरोना कहरबीच सानै भएपनि सहयोग लिएर जिल्ला जिल्लामा आएको जानकारी दिनु भयो । कोरोनाका कारण देशैभरका पत्रकार तथा संचारमाध्यमले भोग्नुपरेका समस्या बारे काउन्सिलले अध्ययन गरी प्रतिबेदन बनाएको र त्यो प्रतिबेदन कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको भुसालले बताउनु भयो ।
No description available.
कार्यक्रममा महासंघका पूर्व जिल्ला सभापति केशव पराजुलीले जिल्लामा रहेका साप्ताहिक पत्रिकाहरु बन्द गरिएको र एक मात्र दैनिक पत्रिका संचालन गरिएको बताउदै जिल्लाका संचारमाध्यमहरुको अवस्था निकै नाजुक रहेको बताउनु भयो ।
कार्यक्रममा महासंघका कोषाध्यक्ष रवि पाण्डेयले महासंघले पत्रकारहरुको एकताबाट केही पहल लिएको र त्यसलाई अझ मजबुत बनाउदै सामुहिक प्रयास गर्नुपर्नै धारणा राख्नु भएको थियो कार्यक्रममा महासंघका लागि टेलिभिजन सेट एक थान, प्रेस ज्याकेट, काउन्सिलले प्रकाशन गरेका पुस्तकहरु लगायत हस्तान्तरण गरिएको हो । कार्यक्रम महासंघकी उपाध्यक्ष न्यौपानेको सचिव राजकुमार रेश्मीको संचालनमा भएको थियो । काउन्सिलले बुधवार नेपाल पत्रकार महासंघ चितवन , नवलपुर, पश्चिम नवलपरासीलाई सामाग्री प्रदान गरेको हो ।
You might also like