क्रान्तिकारी माओवादीले ग¥यो संसदीय ब्यवस्था र निर्वाचनको भण्डाफोर
यो ब्यवस्था मिटरब्याजी तथा दलाल पुजीपतिवर्गको ब्यवस्था
नवलपरासी – नेकपा (क्रान्तिकारी माओवादी)ले संसदीय निर्वाचनको भण्डाफोर गरेको छ । बर्दघाट–१२ दविलामा एक कार्यक्रम आयोजना गरेर क्रान्तिकारी माओवादीले संसदीय ब्यवस्था तथा आसन्न निर्वाचनको भण्डाफोर गरेको हो ।
कार्यक्रम नेकपा (क्रान्तिकारी माओवादी) बर्दघाट नगर समितिको आयोजनामा गरिएको थियो । कार्यक्रममा क्रान्तिकारी माओवादी प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छविलाल खरेलले गाउँघरमा शोषकहरु पसेकोले भन्दै शोषकहरुका कुकृत्यको भण्डाफोर मात्र नभई प्रतिरोध समेत गर्ने चेतावनी दिनुभयो । उहाँले राष्ट्रघाती जनघातीहरुले मंसिर ४ गते जनतालाई झुक्याउन गाउँ गाउँमा आएर प्रलोभन दिएको उल्लेख गर्नुभयो । नेता खरेलले मिटर ब्याजी तथा लघुबित्त जस्ता सुदखोरहरुको जन्म संसदवादी दलहरुले गरेकोले निर्वाचन बहिष्कार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले चुनावबाट जितेकाहरुले संसदबाट एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गरेको, महंगी ,भष्ट्रचारी, कमिशनखोरी जस्ता जनघात गरेको हुदाँ जनताले राष्ट्रघाती जनघातीहरुलाई भोट दिएर उनीहरुको मतियार बन्न नहुने बताउनुभयो ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयले गाउँघरमा भएका अन्याय अत्याचारको बिरुद्ध लड्नु नैर्सगिक अधिकार रहेको बताउनुभयो ।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष चुडामणी भण्डारीले संसदीय ब्यवस्थाको बिकल्प खोज्ने बेला आएको बताउदै यो ब्यवस्था मिटरब्याजी तथा दलाल पुजीपतिवर्गको ब्यवस्था रहेको औल्याउनुभयो । उहाँले संघीय जनगणतन्त्रको लागि संर्घष गर्दै सबै किसिमका अन्याय अत्याचारको बिरुद्ध लड्न आब्हान गर्नुभयो ।
कार्यक्रममा चे फोर्स नेपालका कमाण्डर सन्देश गिरीले प्रतिक्रियावादी राज्य सत्ताले न्याय दिन नसकेका जनताहरुलाई गोलबद्ध गरेर क्रान्तिकारी धुब्रीकरण गर्ने समय आएको बताउनुभयो । उहाँले मिटर ब्याज र लघुबित्त जस्तो ठगीका बिरुद्धको आन्दोलनमा चे फोर्सको सधै साथ सर्मथन र ऐक्यबद्धता रहने जानकारी दिनुभयो । कार्यक्रममा मिटर ब्याज ठगी बिरुद्धको संर्घष समितिका अबधेश कुशवाहाले मिटर ब्याज पिडितहरुसंग भएको सम्झौतामा सरकार इमान्दार नभएको बताउनुभयो । कार्यक्रममा लघु बित्त संर्घष समितिकी लिला परियारले चुनावमा भोट हालियो भने पछुताउनुपर्ने भन्दै बहिष्कार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम क्रान्तिकारी माओवादी जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोखरेलको अध्यक्षतामा भएको थियो ।