अपेक्षा गरेअनुसार परिणाम प्राप्त गर्न सकेनौँ : शंकर पोखरेल
‘एमालेले खबरदारी गर्दागर्दै सरकार नै धाँधली र बुथ कब्जामा उत्रियो’
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले खबरदारी गर्दागर्दै सरकार नै धाँधली र बुथ कब्जामा उत्रिएको आरोप लगाएका छन्।
मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमालेलाई समाप्त पार्ने पाँच दलीय गठबन्धनको मोर्चाबन्दीलाई असफल बनाउन एमाले सफल भएको दाबी गरेका हुन्।
अपेक्षा गरेअनुसार परिणाम प्राप्त हुन नसके पनि एमालेको जनमत एक ठाउँमा संगठित भएको र पाँच दलीय गठबन्धन जनमतको हिसाबले तल परेको बताए ।
सेटिङ र धाँधलीका घटनाहरुको बारेमा निरन्तर एमालेले खबरदारी गर्दागर्दै पनि धेरैठाउँमा धाँधली तथा कब्जा रोक्न नसकिएको र सरकारले शक्तिको दुरुपयोग गरेको आरोप लगाए । khabardabali