रामग्राम ९ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना

0

नवलपरासी २३ जेष्ठ : पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिका वडा ९ जोकवारमा आधारभुत स्वास्थ्य सेवा शुरु भएको छ । वडाबासीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिकाले वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरि शुक्रवार देखि उपचार सेवा शुरु गरेको वडा ध्यक्ष सुनिल पाठकले जानकारी दिनुभयो ।
सो केन्द्रमा एक जना हेव, एकजना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी गरि ३ जना जनशक्ति खटाइएको पाठकले बताउनुभयो ।
वडाबासीहरुलाई घरदैलोमै उपचार सेवा प्रदान गर्न स्वास्थ्य बारे सचेत गराउने सो केन्द्र स्थापना गरिएको हो । यसैगरि नगरपालिकाको सबैवडाहरुमा वडाबाटै उपचार सेवा प्रदान गर्न नगरपालिकाले आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिरहेको जनाएको छ ।

You might also like