पत्रकार धम्क्याउने माफी मागे

0

नवलपरासी – पत्रकार रवि पाण्डेलाई गाउँ निकाला गर्ने सामाजिक संजालमा धम्कीपुर्ण भाषा लेखेका लक्ष्मणनाथ योगीले माफी मागेका छन् । पश्चिम नवलपरासीको बर्दघाट ४ दिब्यनगरस्थित टोल विकास संस्थाका अध्यक्ष रहेका योगीले माफी मागेको जनाइएको छ । बर्दघाट पोष्टमा प्रकाशित सामुदायिक वनहरुले दाउरा वितरण गरे शिर्षकको समाचारको बिषयलाई लिएर योगीले बुधवार साँझ पत्रकार पाण्डेलाई फोन तथा सामाजिक संजाल फेसबुकमा टोलबाट निकाल्ने अभिब्यक्ति दिएका थिए । योगीले दिएको अभिब्यक्ति प्रति नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्मा सहितका पत्रकारका अगुवाले उनलाई सचेत गराएपछि त्यस पछि शनिवार नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको अगुवाईमा सरोकारवालाबीच भएको बैठकमा उनले आफ्नो गल्ती महसुस गर्दै आइन्दा यस्तो नगर्ने प्रतिबद्धता जाहेर रहेको बताइएको छ ।
बर्दघाटमा भएको बैठकमा योगीले संचारमाध्यम तथा पत्रकार जगतलाई अपमान गर्ने आफ्नो कुनै नियत नरहेको भन्दै अब देखि संचारमाध्यमको संबेदनशीलता बुझ्ने बताएको जनाइएको छ । बैठकमा नेपाल पत्रकार महासंघ नवलपरासीका कार्यसमिति सदस्य एंव पत्रकार प्रकाश न्यौपाने, क्रान्तिकारी पत्रकार महासंघका तर्फबाट जिल्ला सल्लाहकार बोल्गा नेपाल समाजसेवी बुद्धिजीवि रुद्रप्रकाश उपाध्यायसहितको उपस्थितिमा कार्यक्रम भएको थियो ।

You might also like