गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता हो : प्रधानमन्त्री देउवा

0

 

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता भएको दाबी गर्नुभएको छ । पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै देउवाले मुलुकको प्रजातान्त्रिक अधिकारलाई बचाउनका लागि गठबन्धनको खाँचो औल्याउनुभयो।

मतदाताहरुलाई कुनै पनि सङ्का उपसङ्का गठबन्धनका लहरुलाई मतदान गर्न आग्रह गर्दै उनले गठबन्धनलाई लामो समयसम्म टिकाइराख्न जोड दिनुभयो । फरक प्रसङ्गमा प्रधानमन्त्री देउवाले मुलुकले ऋण लिएर तिर्न नसक्ने अवस्थामा भएका कारण एमसीसी सम्झौताबाट बिना व्याज ऋण अनुदान लिएको उल्लेख गर्नुभयो  । एमसीसीको सही कार्यान्वयन गरेको खण्डमा विदेशी राष्ट्रहरुबाट थप ऋण अनुदान पाइने उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई अस्थिर बनाउनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निमिक्त नायक बनाइएको आरोप लगाउनुभएको छ । ओलीले प्रधानमन्त्री भएर दुई पटकसम्म संसदमा हमला गरेको बताउँदै उहाँले मुलुकलाई अस्थिर बनाउन महा प्रपञ्च रचिएको दाबी गर्नुभयो । एमालेलाई कुनैपनि हालतमा संसदमा जान नदिनका लागि अहिलेको गठबन्धन आवश्यक रहेको उहाँले बताउनुभयो ।

यसैगरी काँग्रेस प्रवक्ता प्रकास शरण महतले देउवा सकार आएपछि मुलुकमा भ्रष्टाचार र कुशासनको अन्त्य भएको दाबी गर्नुभएको छ । आफ्नो भाषण अधिको अधिकांश समय एमाले अध्यक्ष ओलीमाथि खनिएका उहाँले ओलीको नेतृत्वमा देशलाई ऋणमा ढकेल्ने काम भएको उल्लेख गर्नुभयो ।   malmalafm

You might also like