देजमो ५ नं. प्रदेशको सम्मेलन सम्पन्न, नेता केवी गुरुङको नेतृत्वमा ३९ सदस्यीय कमिटि निर्वाचित

0


नेपालगञ्ज । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ५ नं. प्रदेशको सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले मोर्चाका केन्द्रीय सचिवालय सदस्य समेत रहेका नेता केवी गुरुङको नेतृत्वमा ३९ सदस्यीय प्रदेश कमिटि निर्वाचित गरेको छ । प्रदेश कमिटिको अध्यक्षमा केवी गुरुङ, उपाध्यक्षमा पिताम्बर आचार्य, सचिवमा हिरामणि दुःखी, सह–सचिवमा विक्रम भण्डारी र कोषाध्यक्षमा तेजकुमारी थापा निर्वाचित भएका छन् । सदस्यहरुमा सुरेश ओली (बाँके), नरेन्द्र बन्जाडे (दाङ), ज्ञानीराम पुरी (कपिलवस्तु), रामप्रसाद पोखरेल (रुपन्देही), राजु खनाल (परासी), टीकामन बुढामगर (रोल्पा), हिमबहादुर केसी (प्युठान), केशव अधिकारी (गुल्मी), पदम लामिछाने (पाल्पा), अशोक थापा (अर्घाखाँची), निमकला आचार्य(महिला), सुशिला आचार्य (महिला), कनिज मियाँ (महिला), पवित्रा घर्ती (महिला), कमला गौतम (महिला), गोमा पोखरेल (महिला), लक्ष्मी चौलागाईं (महिला), मैसरा बुढा (महिला), खुमानन्द भुसाल (किसान), विनयकुमार यादव (मधेसी), टिपु सुल्तान (मुस्लिम), मोजिब अलि (मुस्लिम), अर्जुन तरामु (मगर), गोपाल नेपाली (दलित), महेश खटिक (सहिद परिवार), विश्वम्भर थारु (थारु), महेश श्रेष्ठ (विध्यार्थी), ईश्वरीप्रसाद गैरे (दाङ), भगिरथ चापागाईं (युवा), धनविर चौधरी (थारु), पुष्पा डिसी (महिला) रहेका छन् । मंगलबार नेपालगञ्जमा भव्य सभाबीच उद्घाटन समारोह सम्पन्न गरेको मोर्चाले बुधबार बन्द सत्र राखेको थियो । बन्द सत्रले मोर्चाको प्रदेश संयोजकको रुपमा नेता केवी गुरुङले प्रस्तुत गरेको प्रतिवेदन व्यापक छलफलसहित पारित गरेको थियो र ३९ सदस्यीय प्रदेश कमिटि निर्वाचित गरेको थियो । निर्वाचित कमिटिको पहिलो बैठकले उल्लेखित पदाधिकारी चयन गरेको थियो । मोर्चाले अब २४ चैत्रमा हुने मोर्चाको राष्ट्रिय सम्मेलनलाई व्यापक र प्रभावकारी रुपमा सम्पन्न गर्न प्रदेशको तर्फबाट खेल्नु पर्ने भूमिकालाई ठोस रुपमा अगाडि बढाउने निर्णय समेत गरेको मोर्चाका नवनिर्वाचित सचिव दुःखीले बताए ।

You might also like