गोदावरी २ का वडाध्यक्षले दिए राजीनामा, फेरि उम्मेदवार बन्ने
धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कृष्णराज जोशीले पदबाट राजीनामा दिएका छन्। आइतबार वडाध्यक्ष जोशीले राजीनामा दिएका हुन्।
उनले आज नगरप्रमुख समक्ष राजीनामा बुझाएको बताए। जोशी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
आसन्न स्थानीय निर्वाचनमा पुनः वडाध्यक्षको उम्मेदवार बन्ने भन्दै राजीनामा दिएको उनले बताए। एमाले गोदावरीले वडा नम्बर २ मा जोशीलाई दोहोर्याउने जनाएको छ !
dinesh khabar