सुनवलमा पनि ६ जना कोरोना संक्रमित भेटिए, १ सय ३७ जनाको रिपोर्ट नेगेटिभ

0

उनिहरु सबै भारत बाट आएका हुन् । सुनवल नगरपालीकाले आफै भिटिएम खरिद गरेर १ सय ४३ जनाको स्वाब संकलन गरि पठाएकोमा ६ जना बाहेक सबैको रिपोर्ट नगेटिभ आएको छ । संक्रमितको स्वास्थय अवस्था समान्य रहेको सुनवल नगरपालीकाका उपमेयर दधिराम अर्यालले रेडियो परासीलाई बताउनुभयो । उनिहरुलाई सुनवल नगरपालीकाले स्थापना गरेको आईसोलेसन सेन्टरमा राखिने छ । यस संगै जिल्लामा कोरोना संक्रमितको सङख्या ४४ पुगेको छ । सुनवलमा भने पहिलो पटक कोरोना देखिएको हो । संक्रमण भेटिएका स्थानिय तह मध्ये सुस्तामा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । radio parasi

You might also like