अत्तरियामा राजा महेन्द्रको शालिक पुनर्निर्माण गर्न ५३ हजार बढी सहयोग
धनगढीः कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुनः निर्माण गर्न आर्थिक सहयोग गरिएको छ। शालिक निर्माणका लागि बुधराम चौधरी, आनन्द गिरी, साजन सप्लायर्स, राजेश चौधरी, पुरन राना र शेरबहादुर साउादले सहयोग गरेका हुन्।
उनीहरुले ५३ हजार ६ सय आर्थिक सहयोग गरेको बताइएको छ। नागरिक समाजको तर्फबाट २०६२र०६३ को आन्दोलन लगत्तै भत्काइएको शालिक पुनः निर्माण गर्न अभियान थालिएको छ।dineshkhabar