एमसीसी खारेजीको माग गर्दै बर्दघाटमा जुलुस तथा कोणसभा

0

नवलपरासी – एमसीसी खारेजीको माग गर्दै पश्चिम नवलपरासी सहित देशैभर बिरोध प्रर्दशन भएको छ । सोही क्रममा जिल्लाको बर्दघाटमा एमसीसीको खारेजीको माग गर्दै जुलुस तथा कोणसभा गरिएको छ ।

जिल्लामा पाँच कम्युनिष्ट पार्टी र दुई मोर्चाको संयुक्त आयोजनामा भएको ¥याली बसपार्क हुदै त्रिवेणीचोक नगरपालिका लाइन हुदै हाटबजारमा कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी छविलाल खरालले एमसीसी खारेजीको बिकल्प नभएको बताउनुभयो । उहाँले राष्ट्रघाती एमसीसी खारेजीको अभियानमा सबै देशभक्त लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता चुडामणि भण्डारीले राष्ट्रवादी शक्तिहरु एकताबद्ध भएर देश जोगाउन अगाडि बढनुपर्ने बताउनुभयो ।
विप्लव नेकपामा बिशेष जिल्ला समिति सदस्य गंगा प्रसाद ज्ञवालीले अमेरिकी साम्राज्यावादलाई लखेट्न जस्तो सुकै मुल्य चुकाउन तयार रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेकपा (मसाल)का जिल्ला प्रबक्ता धनपति सापकोटा , राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार तथा रक्तिम अभियानका अध्यक्ष रेम रानालागयतले सम्बोधन गर्दै एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग रहेकोले खारेज गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रम अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सन्देश सापकोटाको संचालनमा भएको थियो ।

 

You might also like