अखिल ( क्रान्तिकारी ) को प्रदेश भेला सम्पन्न , जिल्ला जिल्ला संगठन विस्तार अभियान गर्दै

0


रवि पाण्डे बुटवल १ चैत्र – नेकपा (क्रान्तिकारी माओवादी) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी ) प्रदेश नम्बर पाँचको शुक्रवार बुटवलमा भएको भेलाले महेश श्रेष्ठको संयोजकत्वमा १९ सदस्सीय प्रदेश कमिटी चयन गरेको छ । समितिको सदस्यहरुमा रमेश पाण्डेय ( पश्चिम नवलपरासी )रामचन्द्र लामिछाने र संग्राम थापा ( रुपन्देही ) दिलबहादुर चुँदारा र पबित्रा उप्रेती (कपिलबस्तु ) धुब्र तरामु (गुल्मी) खगेन्द्र चौलागाई (दाङ) भोजबहादुर रावल र सुशिला कठायत .(बर्दिया ) जनक सुनार र बजरंगी शाही (बाँके ) रहनुभएको छ । भेलाले बाकी ७ जना सदस्य पछि थप गर्ने निर्णय गरेको जनाइएको छ । भेलामा बोल्दै कार्यक्रममा प्रमुख अतिथि तथा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले अबको आन्दोलनको म्ख्य कार्यभार बिद्यार्थीहरुमा रहेको बताउदै त्यो कार्यभार पुरा गर्न सांगठनिक तयारीमा लागेको बताउनुभयो । भेलामा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्यहरु पिताम्बर आचार्य , निरज केसी लगायतको उपस्थिति रहेको थियो । भेलाले क्याम्पसहरुमा संगठन बिस्तार गर्दै जिल्ला जिल्लाको भेला सम्मेलन गर्ने निर्णय लिएको जनाएको छ । भेला महेश श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

You might also like