नर्सरी स्थापनाका लागि सामाग्री हस्तान्तरण

0

 पुस्पा गिरि, बर्दघाट : संघिय सरकारबाट हस्तान्तरित नयाँ बहुउदेश्यिय नर्सरी स्थापना कार्यक्रम अन्तर्गत कृषकहरुलाई सामाग्री वितरण गरिएको छ । बर्दघाट नगरपालिका कृषि विकाश शाखाको आयोजनामा बिहिबार सो कार्यक्रम भएको हो । कार्यक्रममा किसानहरुलाई एप्रोन , गमला, कैचि बिषादि छिट्ने हरित गृह नेट, बिषादि र बिषाणुबाट बच्नको लागि माक्स र चस्मा लगायतका सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बर्दघाट नगरप्रमुख धिरज शर्मा बस्यालले नगरले किसानहरुका लागि आवस्यक सहयोग गरेको बताउदै नगरपालिका सधै किसानको पक्षमा रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै कृषक खुमराज पंगेनिले पालिकाले कृषकहरुलाई प्रात्साहन स्वरुप कृषि सामाग्रि हस्तान्तरण गरेकोमा खुसि ब्यक्त गर्नु भयो । कार्यक्रममा उप प्रमुख माया देबि पौडेलले बिभिन्न फुलहरु ,फलफूल, साग सब्जि लगायतका बिउ, बिरुवा, फल जस्ता बस्तुहरु खरिद बिक्रि गर्न बाहिर जान नपरोस स्थानिय स्तरमै सबै कुराको ब्यवस्था गराउन कृषकहरुमा अनुरोध गर्नु भयो । साथै कृषि क्षेत्रको बिकासको लागि पालिकाले सक्दो सहयोग गर्ने पौडेलले बताउनु भयो ।

You might also like