रामग्राम नगरपालिकाद्वारा नीति कार्यक्रम तथा बजेटबारे सुझाव संकलन गर्न बजेट पूर्व छलफल

जिल्लास्थित राजनैतिक दल तथा संघसंस्थाका प्रमेख तथा प्रतिनिधि सहभागी

0

नवलपरासी २ असार : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले आर्थिक बर्ष २०७७/ ०७८ को बजेटतयारीको क्रममा सुझाव संकलनका लागि बजेट पूर्व छलफल सम्पन्न गरेको छ । मंगलवार नगरपालिकाले कार्यक्रम आयोजना गरी राजनितिक दल तथा विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरु संग छलफल गरेको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनुभयो ।
कार्यक्रममा नगर प्रमुख गुप्ताले नगरपालिकाले यही असार १० गते नगरसभा भएकोले बजेटको निर्माण पूर्व सुझाव संकलनका लागि जिल्लाका राजनितिक दल र विभिन्न संघ संस्थाहरु प्रमुख/प्रतिनिधिहरु संग छलफल गरिएकोे बताउनुभयो । उहाँलेले छलफल कार्यक्रममा आगामी आर्थिक बर्षका लागि नगरपालिकाले लिईएको मुख्य नीति तथा कार्यक्रम र बजेटहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
नगरपालिकाले वडा वडामा बजेट सिलिङ्ग पठाई वडाबाट योजना तथा कार्यक्रमको तर्जुमा गराई सकेकोले नगरका गौरवका योजना र बजेटहरुको विषयमा छलफल गरिएको उहाँले बताउनुभयो ।
उहाँले नगरका गौरबका योजना बजेटका प्राथमिकता तथा पर्यटनक्षेत्रको पूर्वाधारका बिषयमा समेत आफूले सरोकारवालाहरुलाई जानकारी गराएको प्रमुख गुप्ताले स्थानीयपत्रलाई जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, नेकपा जिल्ला संयोजक भविश्वर तिवारी, नेपाली कांग्रेस जिल्ला सभापति विष्णु पौडेल, जसपा जिल्ला नेतृत्व मण्डका सदस्य मुकुरजी गिरी, पुरन चौधरी, उपाध्यक्ष अमिरुल्लाह मिँया, स्वतन्त्र राजनितिक समुहका जिल्ला संयोजक राधेरमण पाण्डे, नागरिक समाजका अध्यक्ष कैलाश ठाकुर, उपभोक्ता हकहित संरक्षण मन्चका केन्द्रिय सदस्य रामजी ज्ञवाली, रेडक्रस सोसाईटीका जिल्ला संयोजक राजेन्द्र प्रसाद अग्रहरी, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ओमप्रकाश अग्रहरी, उपाध्यक्ष नगेन्द्र अग्रहरी, उपाध्यक्ष राजेश गुप्ता, महासचिव गिरीराज पाण्डे, रामग्राम स्तुप संरक्षण संस्थाका अध्यक्ष शम्भु उपाध्याय लगायतले आगामी आर्थिक बर्षको बजेटमा शिक्षा, कृषि, पर्यटन, रोजगार, कोरोना माहामारी रोकथाम, सांस्कृतिक संरक्षण र पुर्वाधार विकासका कार्यक्रमहरुमा जोड दिन सुझाव दिनुभएको प्रमुख प्रशासकीय अधिकृत रुद्र प्रसाद रेग्मीले बताउनुभयो । कार्यक्रम रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा भएको थियो ।

You might also like