संक्रमितको मृत्यु बढ्दैः सरकारले सक्यो कोरोनाको नाममा १३ अर्ब

0

काठमाडौं, भदौं ६ ।

देशभरमा भेन्टिलेट र आईसियुको निकै अभाव देखिएको छ । अझ खास गरी लक्षण सहितका कोरोना संक्रमित बढ्न थाले पछि आईसीयु र भेन्टिलेटरको संख्याबारे चासो बढेको छ ।

त्यसै पनि कोरोना बिशेष अस्पतालको अभाव भईरहेको छ । आईसोलेसनको अभावमा हजारौ संक्रमित घरैमा बस्न बाध्य छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना लक्षित गरेर तयार पारिएका भेन्टिलेटर र आईसीयुको संख्या सरकारले सार्वजनिक गरेको छ । जस अनुसार देशभर कुल ९ सय ४२ आईसीयु रहेको छ भने ४ सय ९६ भेन्टिलेटर रहेको छ । यो बाँकी जम्मै प्रदेशको जोड्दा पनि बढी हुन आउछ ।यो मध्य सबै भन्दा धेरै बागमति प्रदेशमा रहेको देखिएको छ ।मन्त्रालयको विवरण अनुसार प्रदेश १ मा ४३ आईसीयु रहेको छ भने १९ वटा भेन्टिलेटर रहेको छ ।यस्तै प्रदेश २ मा ४५ वटा आईसीयु र १७ वटा भेन्टिलेटर रहेको छ ।प्रदेश ३ मा ६ सय ३० आईसीयु र ३६१ भेन्टिलेटर रहेको छ ।गण्डकी प्रदेशमा एक सय ३७ आईसीयु रहेको छ भने ५९ वटा भेन्टिलेटर रहेको छ ।प्रदेश नं ५ मा २९ आईसीयु रहेको छ भने १३ वटा भेन्टिलेटर रहेको छ ।कर्णाली प्रदेशमा ४० वटा आईसीयु रहेको छ भने १७ वटा भेन्टिलेटर रहेको छ ।यस्तै सुदुरपश्चिम प्रदेशमा १८ वटा आईसीयु र १० वटा मात्रै भेन्टिलेटर रहेको छ ।भेन्टिलेटर, आईसीयु सहितको व्यवस्थित कोरोना अस्पताल अझै थप्नु पर्ने चिन्ता सरोकारवालाहरुले गर्दै आएका छन् ।तर यसै अवधिमा सरकारले कोरोनाको नाममा १३ अर्ब रुपैया खर्च भईसकेको विवरण दिएको छ । सरकारले साउन मसान्तसम्ममा १३ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको जानकारी दिएको हो ।

अर्थमन्त्री युवराज खतिवडाका अनुसार गत चैतबाट साउन मसान्तसम्म कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले १३ अर्ब ३६ करोड ७० लाख रुपैयाँ बराबरको खर्च भएको हो ।कोरोना नियन्त्रण तथा रोकथामका लागि संघीय सञ्चित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको भएको हो ।जसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २ अर्ब १७ करोड, रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड खर्च भएको छ ।यसैगरी गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रकम खर्च भएको छ ।कोभिड कोषबाट यस्तै १ अर्ब ३ करोड विभिन्न निकायलाई दिइएको पनि उहाँले बताउनुभयो ।यस्तै प्रदेशहरुले झण्डै डेढ अर्ब खर्च गरेका छन् । मन्त्री खतिवडाका अनुसार प्रदेशहरुबाट १ अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको हो ।अनुसार प्रदेश नम्बर १ मा २० करोड ७१ लाख, प्रदेश नम्बर २ मा १७ करोड २ लाख र बागमती १३ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ ।यस्तै गण्डकी प्रदेशमा १४ करोड ५४ लाख, प्रदेश नम्बर ५ मा १० करोड ५९ लाख, कर्णाली प्रदेशमा २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशमा ४२ करोड ४८ लाख रुपैयाँ खर्च भएको छ ।

यस्तै स्थानीय तहबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको छ । सबै रकम औषधि, स्वास्थ्य सामग्री खरिद, जनशक्ति व्यवस्थापन र क्वारेन्टिन व्यस्थापनमा खर्च भएको मन्त्री खतिवडाले बताए ।यति धेरै खर्च हुदाँ समेत देशमा एक हजार आईसीयु सम्म छैन कोरोनाका लागि भने ५ सय भन्दा कम मात्रै भेन्टिलेटर छ ।दिन दिनै संक्रमित बढीरहेका छन् त्यो पनि लक्षण सहितका । तर पनि यही स्वास्थ्य सेवाको अभावमा मानिसको ज्यानै गईरहेको छ ।यस अघि पनि सरकारले दश अर्बको हिशाब सार्वजनिक गर्दा सर्वत्र विरोध भएको थियो ।
तर सरकारले यस अवधिमा एउटा पनि भेन्टिलेटर र आईसियु खरीद गरेको देखिएको छैन भने सबै भन्दा धेरै खर्च रक्षा र स्वास्थ्य मन्त्रालय मार्फत भएको देखिएको छ ।विदेशबाट आउने नेपालीले समेत आफै टिकट काटेर आएका छन् भने क्वारेन्टाईन बस्नेदेखि घर जादाँ सम्म उनीहरु आफैले खर्च गरीरहेका छन् ।

Mirmire online

You might also like