रैतीले बिघटन गरेको संसद पूर्नस्थापना हुन्छ – भुसाल

0

नवलपरासी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड दाहाल समुहका स्थायी समिति सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रैतीको संज्ञा दिनुभएको छ । पश्चिम नवलपरासीको सदरमुकाम सोमवार परासीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले रैतीले गरेको संसद बिघटन पूर्नस्थापना हुने दावी गर्नुभयो । राजाले गरेको संसद त पूर्नस्थापना भयो, रैतीले गरेको संसद बिघटन पूर्नस्थापना नहुने कुरै हुदैन – पूर्व कृषि मन्त्री समेत रहेका उहाँले भन्नुभयो – रहस्यमय तरिकाले संसद बिघटन गरियो । यस प्रतिगमनकारी कदमको बिरुद्ध संर्घष गर्छाै । उहाँले प्रतिनिधिसभा विघटन गरेर संविधान च्यात्ने कामको सुरुवात भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले चालेको कदम असंबैधानिक र अलोकतान्त्रिक भएको भन्दै कुनै पनि हालतमा संसद पुर्नस्थापना गरेरै छाड्ने भुसालले बताउनुभयो । संसद पुनस्र्थापना गर्ने कार्यमा नेपाली कांग्रेस पनि संग संगै रहने उहाँको दावी थियो ।

त्यस्तै प्रचण्ड नेपाल समुहले पाल्हीनन्दनस्थित बेलाशपुरमा सोमवार अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न गरेको छ । भेलामा नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले पुष्पलालले २०१७ सालमा संसद पूर्नस्थापनाको पक्षमा उभिएको बताउदै अहिलेको कार्यभार संंसद पूर्नस्थापना रहेको बताउनुभयो । कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानमै नभएको संसद बिघटनको काम गरेर प्रतिगामी कदम चालेको बताउनुभयो । उहाँले दुई तिहाई नजिकको बहुमत प्राप्त दलको प्रधानमन्त्रीले संसद बिघटन गर्दा जनमतको अपमान भएको बताउनुभयो । घर्तीले बहुमत केन्द्रिय सदस्य आफुहरु तिरै रहेकोले सुर्य चिन्ह पनि आफुहरुकै हुने दावी गर्नुभयो । कार्यक्रममा नेता सिता वौडेल नेकपाका प्रदेश कमिटी सचिवालय सदस्य घनश्याम यादव , प्रदेश सदस्य बृहस्पति अधिकारी, जिल्ला सचिवालय सदस्य पुन्य प्रसाद पौडेललगायतले बोल्नुभएको थियो । कार्यक्रम नेकपा जिल्ला अध्यक्ष भविश्वर तिवारी आजादको अध्यक्षता कार्यालय सदस्य शिवलाल कण्डेलको संचालनमा भएको थियो । नेपाल फुटको असर जिल्ला हुदै स्थानीय तह सम्म सरेको छ ।

You might also like