क्याम्पसमा नेकपा प्यानलै बिजयी

0

बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाट –२ चिसापानीमा रहेको दिब्य ज्योति बहुमुखी क्याम्पस संचालक समितिको नयां नेतृत्वका लागि बिहिबार भएको निर्वाचनमा सत्तारुढ नेकपा प्यानलले सेटै जितेको छ ।

मतदानबाट बृहस्पती अधिकारीको अध्यक्षतामा पुरै प्यानल बिजय भएको हो । निर्वाचनमा सत्तारुढ नेकपा र नेपाली काँग्रेसको सर्मथनमा समाजवादी पार्टी सहितको संयुक्त प्यानल भिडेका थिए । निर्वाचनमा कुल ४६१ मतदाता रहेको क्याम्पसमा ३५५ मत खसेको थियो । संचालक समितिको छैठौ क्याम्पस सभा निर्वाचनमा नेकपाले प्रदेश सदस्य बृहस्पति अधिकारीको नेतृत्वमा प्यानल खडा गरेको थियो । अधिकारीको नेतृत्वमा शिवलाल कंडेल, टिकाराम शर्मा आचार्य, पुण्य प्रसाद पौडेल, मिनराज शर्मा, धनञ्जय पौडेल,रमेश बस्याल, देवि पाण्डे, धनीराम चौधरी र विष्णु मौरथी बिजयी भए । त्यस्तै नेपाली काँग्रेसले समाजवादी पार्टीका युवा नेता यमबहादुर थापाको नेतृत्वमा उम्मेदवारी दिएका थिए । थापाको प्यानलमा गणेश क्षेत्री , जानकी पौडेल, दिलकुमारी कुंवर, रविन्द्र सापकोटा, पशुपति न्यौपाने, लालनाथ घिमिरे, इन्द्र ढकाल, ऋषिराम थापा मगर र हिमा कामी रहेका थिए । निर्वाचनमा बृहस्पति अधिकारीले २०८ मत ल्याई प्यानल सहित बिजय प्रप्त गरेका छन भने सयुक्त प्यानलका उम्मेदवार यम बाहादुर थापा मगरले १३० मत ल्याई ७८ मतले पछि परेको मुख्य निर्वाचन अधिकृत मित्रलाल लामिछानेले बताए । निर्वाचनका लागि यस अघि क्याम्पस सभाले मुख्य निर्वाचन अधिकृत मित्रलाल लामिछाने र निर्वाचन अधिकृत दिपक बहादुर खड्का र चन्द्रप्रकाश ज्ञवालीलाई खटाएको थियो । निर्वाचन सोहार्द पुर्ण वातावरणमा सम्पन भएको मुख्य निर्वाचन अधिकृत मित्रलाल लामिछानले जानकारी दिए । त्यस्तै निर्वाचनको नतिजा पश्चात बिजेता अध्यक्ष सहित टिमलाई अध्यक्ष्यका अर्का उमेदवार यम बहादुर थापा मगरले सफल कार्यकालको शुभकामना दिदै बधाई ज्ञापन गरेका थिए । क्याम्पसको नियमानुसार अध्यक्ष सहित १० जना निर्वाचनबाट ११ जना मनोनित र ८ जना पदेन गरी बढिमा २९ सदस्सीय क्याम्पस संचालक समिति हुने प्रावधान रहेको छ ।

You might also like