नारायणी नदी किनारलाई ‘सी बीच’का रुपमा विकास गरिदैँ
चितवन, मङ्सिर २४ गते । चितवनको नारायणी नदी किनारलाई ‘सी बिच’ को रुपमा विकास गर्ने भएको छ । भरतपुर महानगरपालिकाले गौरव आयोजनाको रुपमा ‘सी बीच’ मोडल अगाडि ल्याएको हो । देशकै मध्य भागमा पर्ने नारायणी नदी किनारलाई पर्यटकीय आर्कषक गन्तव्यको रुपमा समेत विकास गर्ने योजना अनुसार काम अगाडि बढेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनु भयो । ‘लामो समयदेखिको कसरत पुरा भएको छ, मेयर रेनु दाहालले भन्नु भयो हामी एकपछि अर्को गदै भरतपुरको विकासमा ‘सी बीच’ मोडल ल्याएका हौँं ।
दाहालले यस मोडलले महानगरकै मात्र नभई चितवनकै गौरव बढाउने बताउनु भयो । पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले महानगरको गुरुयोजना अनुसार प्रारम्भिक चरणको कामका लागि (बुधबार) टेण्डर आब्हान समेत गराएको छ । झण्डै ६ करोड रुपैयाँ लागतमा डेढ बर्ष भित्र काम सम्पन्न गर्ने टेण्डर आब्हान गरिएको छ ।
जहाँ २ हजार ४ सय मिटर पैदल मार्ग, २ ठाँउमा पार्किङ स्थल र गार्डेनिङ बनाईनेछ । नारायण नदी किनारको लागि महानगरले यसअघि नै २३ करोडको लागत सहितको गुरुयोजना निर्माण गरेकोे थियो ।
गत वर्ष महानगरपालिकाले करिब एक करोडको लागतमा नदि किनारमा टायल बिछ्याउने काम गरिसकेको छ । यस्तै नारायणी नदी किनारमै रिगंरोडसहितको तटबन्धनको काम समेत चलिरहेको छ ।
पछिल्लो समयमा नारायणी नदी किनारमा मानिसहरुको भिड लाग्ने गर्दछ । विभिन्न ठाँउ मोटर वोट सयर गर्दै रमाउनेहरुको संख्या पनि उतीकै छ । यस थप पर्यटक बढाउने महानगरले विश्वास लिएको छ । नारायणगढ बजार नजिकै रहेको नारायाणी नदी किनारमा अहिलेपनि एक दर्जन साना मोटरवोट सञ्चालनमा रहेको छ । यहाँ हरेक वर्ष ठुला मेला तथा महोत्सव लाग्दै आएको छ । यही स्थानलाई सि बिचको रुपमा अगाडि वढाउन लागिएको हो । हरेक दिन यहाँ दुइ हजार भन्दा धेरै व्यक्तिहरु घुम्न आउने गर्दछन् ।