कावासोती नगरपालिकाले बजार क्षेत्रमा नि शुल्क ईन्टरनेट(फ्रि वाईफाई ) सुबिधा उपलब्ध गराउने

0

SITENAME

नवलपुर,१३ असोज ।नवलपरासीको कावासोती नगरपालिकाले बजार क्षेत्रमा नि शुल्क ईन्टरनेट(फ्रि वाईफाई ) सुबिधा उपलब्ध गराउने कार्यको थालनी गरेको छ । नगरपालीकाले हाल कावासोती नगरपालिका २ शिवशक्ती चोक र नगरपालिका कार्यालयको क्षेत्रमा ईन्टरनेट  जडान गरेर निशुल्क  रुपमा उपलब्ध गराउन शुरु गरेको छ ।

नगरपालिकाले हाल दुई स्थानबाट निशुल्क ईन्टरनेट उपलब्ध गराएको र चाडै अन्य स्थानबाट समेत निशुल्क ईन्टरनेट सेवा उपलब्ध गराउने कावासोती नगरपालिका सूचना प्रविधि अधिकृत रुपेश गिरीले बताउनुभयो ।

उहा“का अनुसार निशुल्क ईन्टरनेट उपलब्ध गराउन हाल मासिक रु ४ हजार खर्च हुनेछ । निशुल्क ईन्टरनेटबाट  शिवशक्ति चोक र नगरपालिका कार्यालय आसपासमा ५ सय मिटरको दुरी सम्मका स्थानिय लाभान्वित हुने सूचना प्रविधि अधिकृत गिरीले बताउनुभयो ।  यस क्षेत्रमा पुग्ने अन्य जो कोहीले समेत नेट प्रयोग गर्न सक्दछन् । सबैमा सूचना तथा संचार सेवा पुर्याउने उधेश्य अनुरुप  निशुल्क ईन्टरनेट उपलब्ध गराएको नगरपालिकाले जनाएको छ

You might also like