पत्रकार महासंघ पश्चिम नवलपरासीको अध्यक्षमा शर्मा र कोषाध्यक्षमा स्थानीय पत्रका प्रबन्ध निर्देशक पाण्डेय सहित सर्बसम्मत निर्वाचित

0

नवलपरासी ३ फाल्गुन – नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको अध्यक्षमा हरि शर्मा निर्वाचित हुनुभएको छ । सर्बसम्मत भएको सो निर्वाचनबाट उपाध्यक्षमा नारायण सुवेदी, महिला उपाध्यक्षमा मालती न्यौपाने, सहसचिवमा उमाकान्त गिरी र कोषाध्यक्षमा रवि पाण्डेय निर्वाचित हुनुभएको थियो । पाण्डेय न्यु भिजन मिडिया प्रालिको स्थानीय पत्र साप्ताहिकका प्रबन्ध निर्देशक रहनुभएको छ । त्यस्तै नेपाल प्रेस युनियन, प्रेस चौतारी, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार संगठनबीच व्यापक छलफल पछि नयाँ समिति सर्वसम्मत निर्वाचित गरिएको थियो । त्यस्तै रिक्त दुई खुल्ला सदस्यमा जितेन्द्र गुप्ता र वेनिमाधव बस्याल महिला सदस्यमा सीता पौडेल निर्वाचित हुनुभयो । यसैबीच शुक्रबार नै निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण एवम पदहस्तान्तरण गरिएको छ । नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाटको अध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा केन्द्रिय प्रतिनिधि एवम केन्द्रिय सदस्य कृष्ण गिरी, केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदी लगायतले नवनिर्वाचित समितिलाई शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हरि शर्माले आफ्ना प्रतिबद्धता राख्नुभयो ।

You might also like